मंसिर २६, काठमाडौं | ममी (लक्ष्मी नेपाली) त्यस दिन (मंगलबार) गाउँकै छिमेकी च्याङ्बा तामाङको कोदो टिप्न जानुभएको थियो। म दुई वर्षको सानो भाइ सुशीललाई हेरेर घरमै ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २६, काठमाडौं | ममी (लक्ष्मी नेपाली) त्यस दिन (मंगलबार) गाउँकै छिमेकी च्याङ्बा तामाङको कोदो टिप्न जानुभएको थियो। म दुई वर्षको सानो भाइ सुशीललाई हेरेर घरमै ब"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मेरी ममीलाई मंगलबार स्कुलको पोलमा बाँधेर कुट्दै दिसा खुवाए, शुक्रबार ममी बित्नुभयो

२०७३, २६ मंसिर आईतवार ०२:०२

मंसिर २६, काठमाडौं | ममी (लक्ष्मी नेपाली) त्यस दिन (मंगलबार) गाउँकै छिमेकी च्याङ्बा तामाङको कोदो टिप्न जानुभएको थियो। म दुई वर्षको सानो भाइ सुशीललाई हेरेर घरमै बसेको थिएँ। त्यहीबीचमा भाइ धेरै रोयो। सायद आमाको दूध खान खोजेको थियो।

त्यसैले मैले भाइलाई दूध खुवाउन ममी भएकै ठाउँमा लगेँ। त्यतिवेला सायद चार बजेको थियो होला। ममीलाई कोदो टिप्ने मेलामा भेट्यौँ। मेलाबाट छुटेपछि ममीले म र भाइलाई हतार–हतार घर ल्याउँदै हुनुहुन्थ्यो। किनकि घरमा गाई दुहुना छ, त्यसैले ममी आत्तिनुभएको थियो। त्यस्तै, करिब ५ बजेको हुनुपर्छ।

मेरो स्कुलमा सामाजिक विषय पढाउने सर (हीरा लामा) र उहाँको आमा (काइलीमाया तामाङ) मोटरसाइकलमा आएर हाम्रो घर जाने बाटोमा बसेका रै’छन्। हामी आफ्नै बाटोतिर थियौँ। तर, बाटो रोकेर सरकी आमाले बोक्सी, राँऽऽ, रऽऽ… भन्दै मेरो ममीलाई लखेट्न खोज्नुभयो। तर, ममी भाग्नुभएन। त्यसपछि हीरा सरले समेत समातेर मेरी ममीलाई नजिकै रहेको सूर्योदय माध्यमिक विद्यालयको खेल मैदानमा लगे। त्यो हाम्रो विद्यालय हो, जहाँ हिरा सरले सामाजिक शिक्षा पढाउनुहुन्छ। प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीको बयान छ ।

स्कुलको मैदानमा भलिबलको पोल छ। त्यही पोलमा हिरा सर र उहाँको आमाले मेरो ममीलाई बाँध्न लाग्नुभयो। तर, पोलमा काँटी रहेछ, ठेलमठेल हुँदा काँटीले सरकी आमालाई घोच्यो। त्यसैले उहाँ एकैछिन रोकिनुभयो। त्यतिन्जेलसम्म गाउँलेहरु जम्मा भइसकेका थिए। छिमेकी साइला तामाङकी श्रीमती निरमाया तामाङले नाम्लो दिइन्।

नाम्लो लिएर हिरा सर आफैँले ममीलाई गेटमा बाँध्नुभयो। सुरुमा घाँटी र कुममा बाँधेर हिरा सरले ममीलाई कुट्न थाल्नुभयो। त्यतिन्जेलसम्म हिरा सरको आमा अन्त कता जानुभयो थाहा भएन। पछि त दिसा लिएर आउनुभयो।

सरको आमा आइसकेपछि दिसा खुवाउन खोजे, ममीले मान्नुभएन। त्यसैले मेरो ममीको खुट्टा पनि बाधेँ र दिसा खुवाइदिए। त्यसपछि पनि गाउँलेहरु त्यहीँ बसिरहे। केहीबेरमा उनीहरुले छोडिदिएपछि म र भाइलाई लिएर ममी घरतिर हिँड्नुभयो।

हामी मेलडाँडा भन्ने ठाउँमा आइपुगेका थियौँ। पछाडिबाट हिरा सर दाउराको चिरपट बोकेर आउनुभएको रैछ। अनि ममीको कपाल समाएर लडाउनुभयो र खुट्टाले थिच्नु भयो। चिरपटले ममीको टाउकोमा हान्नु भयो। ममीको टाउकोमा गहिरो घाउ लाग्यो। ममीको टाउकोबाट रगत बगिरहेको थियो।

त्यसपछि पनि सरले ममीको छातीमा चार लात्ती हान्नुभयो। गाउँमा हल्ला भइसकेछ। मेरो हजुरआमा (विष्णुमाया नेपाली) पनि बाटोमै आइपुग्नुभयो। उहाँ ६० वर्षको हुनुहुन्छ। मेरो बुहारीलाई किन पिटेको भनेर के भन्नुभएको थियो, हिरा सरले ‘न करा तेरो पनि छात्ती फुटाइदिन्छु’ भन्दै फेरि ममीतिर झम्टनुभयो। मैले धेरै भयो, मेरो ममीलाई नपिट्नोस् सर भनेँ। उहाँ ममाथि पनि झम्टनुभयो। त्यसपछि स्थानीय लालबहादुर तामाङकी श्रीमती आएर छुट्याउनुभयो। तर, मेरो ममी बाटोमा लडिरहनुभएको थियो, उठेर हिँड्न सक्नुभएन।

पछि म र मेरो अंकल (दिनेश नेपाली) मिलेर दुबैतिरको कुममा उचालेर घर पुर्‍यायौँ। बेलुकी घर गयौँ। अर्को दिन बुधबार बुबा मिलन नेपाली काठमाडौंबाट घर आउनुभयो। बुबा काठमाडौँमा घर बनाउने मजदुरी गर्नुहुन्छ। त्यो दिन अस्पताल जाने कुरा भयो। तर, ढिलो भएकोले जान सकिएन। धुलिखेल आउन तीन घन्टा लाग्छ भन्ने कुरा भयो। बिहीबार बिहान ममी उठ्न सक्नुभएन।

त्यसैले गाउँको स्वास्थ्यचौकी पुगेर हामीले औषधि लिएर आयौँ। घरमा ममीलाई औषधि दिँदै थियौँ। आँगनमा पुलिस आइपुग्यो। पुलिससँगै हिरा सर र गाउँका धेरैजना हुनुहुन्थ्यो। गाउँका १५ जनाको हस्ताक्षर गरेर मिलापत्र गरियो। मिलापत्र भएपछि प्रहरी फर्किए, गाउँले घरघर गए। बेलुका बुबा र म सँगै सुत्यौँ। ममी नजिकैको टहरामा सुत्नुभयो। बिहान हजुरआमाले मलाई उठाउनुभयो। तिम्रो आमा अहिलेसम्म किन उठिन गएर बोलाएर लिएर आउ भनेर पठाउनुभयो। म टहरामा पुग्दा ममी ओछ्याननजिकै भुइँमा ढलिरहनुभएको थियो। मैले बोलाउँदा बोल्नुभएन। अलिअलि सास फेरिरहनुभएको थियो। मैले पानी खुवाएँ। आमाआमा भनेर बोलाएँ। उहाँ बोल्नुभएन।

म चिच्याएको सुनेर गाउँलेहरु जम्मा भए। गाउँलेहरुले पुलिसलाई खबर गरे। सबैजना जम्मा भएका थिए, त्यतिन्जेलसम्म मेरी ममीको मृत्यु भइसकेको थियो। मैले हिरा सरलाई देखाएर पुलिसलाई भनेँ, ‘मेरी ममीलाई डोरीले बाँधेर दिसा खुवाउने, टाउकोमा चिर्पटले हान्ने र छातीमा लात्तीले हान्ने मान्छे यही हो।’ मैले घटना सुनाएपछि हिरा सर भाग्न खोजे। तर, पुलिसले उनलाई पक्राउ गर्यो । पुलिस अंकलहरुले बोलाएको हुनाले म हिजो (शुक्रबार) धुलिखेल आएको हुँ। तर, सँगै मेरो बुबालाई पनि भित्र थुनेर राखेको छ। किन थुनेको मलाई थाहा छैन। – आजको नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह