Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
३ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

नेपालकी पुष्पा बस्नेत बनिन् सिएनएन सुपर हिरो

२७ मंसिर २०७३, सोमबार ०४:३६

मंसिर २७, वासिङ्टन डिसी । नेपालकी पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरोको उपाधि प्राप्त गर्नुभएको छ । 

अमेरिकामा आइतबार साँझ आयोजित कार्यक्रममा सन् २०१२ को सिएनएन हिरोको उपाधि प्राप्त गर्नुभएकी पुष्पालाई सुपर हिरो २०१६ को उपाधि दिइएको हो । 

उहाँलाई जिताउन मत अभियान चलाइ रहनुभएका युवा अभियानकर्मी गौरव कँडेलले सो जानकारी गराउनुभएको हो । 

काठमाडौँमा बाल विकास केन्द्र सञ्चालन गर्दे आउनुभएकी बस्नेतले अभिभावकको साथमा जेल जीवन बिताइरहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खानालगायतको सुविधा प्रदान गर्दै आइरहनुभएको छ । उपाधि पाएपछि आफ्नो प्रतिक्रियामा पुष्पाले भन्नुभएको छ, सबैभन्दा महत्वपूर्ण कुरा तपाई आफ्नो कामलाई विश्वास गर्नुहोस् र धैर्य गर्नुहोस् । उहाँले अगाडि थप्नु भएको छ, मेरो सपनालाई सार्थक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद । 

योसँगै पुष्पाले आफूले सञ्चालन गरिरहनुभएको कामको लागि ५० हजार डलर पनि प्राप्त गर्नुहुनेछ । सिएनएन हिरो छनोटको एक दशकको अवसरमा सिएनएन सुपर हिरो छनोट गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ