बुटवल प्रहरीलाई ठुलो सफलताः ५ जनाको हत्यारा पक्राउ

Posted on: 13 Dec, 2016

प्रेम सुनार, मंसिर २८, गुल्मी । २०६८ साल देखि  यता तिज दशैं र तिहार पर्वको मौका छोपी ५ जनाको हत्या गर्ने अभियुक्त हालै पक्राउ गरेर अनुसन्धानमा वुटवल ईलाका प्रहरी कार्यालयले ठुलो सफलता हाता पारको छ ।  ५  जनाको हत्या मात्र नभई १५ घर परिवारमा चोरी गरेको  कैयौं घरहरुमा बाहिरबाट ढोकामा चुक्कुल लगाई दुख दिने गिरोह समेत तिनै हत्या अभियोगी भएको त्याँको प्रहरी अनुसन्धानले देखाएको उक्त कार्यालयबाट जारी प्रेश विज्ञप्तीमा उल्लेख छ ।

   चोरी गर्ने क्रममा निर्घात कुट पिट गरी  मृत्यु हुने चार महिला  र एक चना पुरुष सहित पाँच जनाको हत्या अभियोगमा वुटवल ईलाका प्रहरीले  सर्लाही जिल्ला   सुन्दरपुर चौराह गाविस  वडा नम्वर ८ का ६० वर्षिय चनरु हजारी (पासवान )  र सोही जिल्ला बरथहवा नगरपालिका ५ का ४७ वर्षिय दिपक बिश्वकर्मालाई पक्राउ गरेको हो । उनिहरुले चोरी गरेका सुनका गहना र अन्य जिन्सी सहित वरामद गरी अनुसन्धान भई रहेको जनाईएको छ । 

     कहिले को कसलाई हत्या गरे त ? प्रहरीले दिएको विवरण यस्तो छ

 

१(  मिति २०६८।७।१३ गते जिल्ला रुपन्देही  साविक शंकरनगर गा।वि।स। वडा नं। ५हाल ति।न।पा।५  बस्ने बर्ष ७५ की नेत्र कुमारी बस्नेतलाई धारिलो हतियारले प्रहार गरी सुनको गरगहना चोरी गरी लगेकामा निजको उपचारको क्रममा मृत्यु भएको ।

२(  मिति २०७१।६।१३ गते जिल्ला रुपन्देही रुद्रपुर गा।वि।स। वडा नं। ९ प्रतापपुर बस्ने   चन्द्र बहादुर कुवरलाई  ओजनदार तिखो हतियारले प्रहार गरी सुनको गरगहना चोरी गरी लगेका, निजको उपचारको क्रममा मृत्यु भएको ।

३(  मिति २०७२।७।२ गते जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं। ८ बस्ने बर्ष ९२ की चन्द्रकला सापकोटालाई ओजनदार तिखो हतियारले प्रहार गरी सुनको गरगहना चोरी गरी लगेका, निजको उपचारको क्रममा मृत्यु भएको ।

४(  मिति २०७३।५।१८ गते जिल्ला रुपन्देही रुद्रपुर गा।वि।स। वडा नं। ५ चापा बस्ने बर्ष ३२ की रनमाया पुनलाई ओजनदार तिखो हतियारले प्रहार गरी सुनको गरगहना चोरी गरी लगेका, निजको उपचारको क्रममा मृत्यु भएको ।

५(  मिति २०७३।७।१२ गते  जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं। २ बस्ने बर्ष २१ कि नमकला पाण्डेलाई ओजनदार तिखो हतियारले प्रहार गरी सुनको गरगहना चोरी गरी लगेका, निजको उपचारको क्रममा मृत्यु भएको ।


                   ति दुईबाट चोरी भएको विवरण यस्तो छ  

१(  २०७१।०६।०८ गते जिल्ला रुपन्देही, रुद्रपुर गा।वि।स। वडा नं।(५ बनकसीया स्थित वर्ष(३४ की शान्ती थापाको घरवाट धनमाल चोरी गरेको ।

२(  मित २०७१।०६।०९ गते जिल्ला रुपन्देही, सैनामैना न।पा। वडा नं।(१२ बाँसगढी स्थित  वर्ष(६५ की यम कली छन्त्यालको घरवाट धनमाल चोरी गरेको ।

३(  मिति २०७१।०६।११ गते जिल्ला रुपन्देही, गजेडी (१ लेसा स्थित वर्ष(४५ की पम्फा क्षेत्रीको घरवाट धनमाल चोरी गरेको ।

४(  मिति २०७२।०५।३१ गते जिल्ला रुपन्देही, गजेडी(३ मन्दीरडाँडा स्थित बर्ष(३३ की रुपा बि।क। को घरवाट धनमाल चोरी गरेको ।

५(  मिति २०७२।०६।०४ गते जिल्ला रुपन्देही, बु।उ।म।न।पा। वडा नं।(१५ बस्ने वर्ष(६९ की चन्द्र माया ठकुरीको घरवाट धनमाल चोरी गरेको ।

६(  मिति २०७२।०६।२१ गते जिल्ला रुपन्देही, रुद्रपुर(४ चापा स्थित बर्ष(६५ की सुक माया गुरुङको घरवाट धनमाल चोरी गरेको ।

७(  मिति २०७२।०६।२४ गते जिल्ला रुपन्देही रुद्रपुर गा।वि।स। वडा नं। ७ बस्ने कृष्ण श्रेष्ठको  घरबाट धनमाल  चोरी गरेका ।

८(  मिति २०७२।६।२५ गते जिल्ला रुपन्देही रुद्रपुर गा।वि।स। वडा नं।९ हनुमाननगर बस्ने सरस्वती सुनाको घरबाट धनमाल चोरी गरेका ।

९(  मिति २०७२।०७।०२ गते जिल्ला रुपन्देही, रुद्रपुर(२ पिप्रि चापा स्थित बर्ष(७३ की नरमाया छन्त्यालको घरवाट धनमाल चोरी गरेको ।

१०(        मिति २०७३।०५।१९ गते गजेडी(१ बेलबरिया स्थित बर्ष(३० की सिता भुजेलको घरवाट धनमाल चोरी गरेको ।

११(        मिति २०७३।०५।२२ गते सालझण्डी (६ उत्तरबरौली स्थित बर्ष(५४ को लेखनाथ भुषालको घरवाट धनमाल चोरी गरेको ।

१२(        मिति २०७३।०५।२४ गते देवदह (१० शित्तल नगर स्थित बर्ष(६५ की तिल कुमारी न्यौपानेको घरवाट धनमाल चोरी गरेको ।

१३(        मिति २०७३।०६।१८ गते सैनामैना (१ बनकट्टा स्थित बर्ष(६० की भन देवी सुनारको घरवाट धनमाल चोरी गरेको ।

१४(        मिति २०७३।०६।२१ गते जिल्ला रुपन्देही, बु.उ.म.न.पा.वडा नं.(१५ बवदेलपोखरी स्थित बर्ष(६३ की सनसरी गुरुङको घरवाट धनमाल चोरी गरेको ।

१५(        मिति २०७३।०७।१४ गते जिल्ला रुपन्देही देबदह न।पा। वडा नँ.(३ सेमराना बस्ने बर्ष २३ की दिपा थापाको घरबाट  धनमाल चोरी गरेको ।

वरामद सामानहरु 

१(  कृष्ण श्रेष्ठको घरबाट चोरी भएको मोबाईल थान १   ।    

२(   सरस्वती सुनारको घरबाट चोरी भएको मोबाईल थान १

३(  रनमाया पुनको घरबाट चोरी भएको मोबाईल  थान १   

४(  वारदातमा प्रयोग गर्ने फलामे औजार थान(१ र औजार बोकी हिडने झोला ।

       ५(   सुन १ तोला १० लाल ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!