१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभियानमा बाधा गर्ने जोसुकैलाई नछाड्ने : ऊर्जा मन्त्री शर्मा

२८ मंसिर २०७३, मंगलवार ०९:५७

मंसिर २८, मोरङ । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई अध्यारोमुक्त बनाउने अभियानमा बाध गर्ने जोसुकैलाई नछाड्ने बताउनुभएको छ । 

प्रेस सेन्टर मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मुलुक विद्युत्भारमुक्त भए स्वदेशमै थप उद्योगधन्दा खुल्ने, स्वरोजगारको सिर्जना हुने, युवाले विदेश जानु नपर्ने बताउनुभयो । “म देशलाई अध्यारोमुक्त बनाउने अभियानमा लागेको छु अध्यारो बनाउनेलाई छोड्दिन,” उहाँले भन्नुभयो । 

मन्त्री शर्माले विद्युत् चोरी नियन्त्रणमा आफू पूर्णरुपले लागिपरेको बताउनुभयो । विद्युत् चोरी गर्ने जो कोहीलाई पनि कारबाही गरिने उहाँको भनाइ थियो । पूर्वाञ्चलको विद्युतीय क्षेत्रको अनुगमनको क्रममा विराटनगर आइपुग्नुभएका मन्त्री शर्माले थप विद्युत् उत्पादन गर्ने योजना अनुरुप सरकारले काम गरिरहेको बताउनुभयो । 

“नेपाललाई थप १० हजार मेगावट विद्युत् आवश्यक पर्छ,” उहाँले भन्नुभयो । सुकुम्वासीका लागि रु एक हजार प्राधिकरणमा धरौटी राखेर मिटर लिनसक्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । यसअघि मिटर लिन सुकुम्वासीले रु दश हजार धरौटी राखेर मिटर लिने गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु