३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नेपालमा पनि भूकम्प आउनु अगाबै साइरन बज्छ

२९ मंसिर २०७३, बुधबार ०७:१६

मंसिर २९, काठमाडौँ । अब नेपालमा पनि भूकम्प जानुभन्दा केहि सेकेण्ड अघि साइरन बज्ने प्रबिधि जडान गरिने भएको छ । 

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले पहिलोपटक भूकम्पको पूर्वसूचना दिने यन्त्र जडान थालेको हो । यसका लागि नाष्टले चीनको सहयोग लिएको छ । यो प्रविधिले भूकम्पका प्रारम्भिक तरंगलाई विश्लेषण गर्छ र ५ रेक्टरभन्दा माथिका भूकम्पबारे केही सेकेण्डअघि नै सूचना प्रवाह गर्छ । त्यसका कारण सावधान रहन र सुरक्षित स्थानसम्म पुगेर बस्न सहयोग पुग्छ ।

यो प्रविधिको मुख्य कन्ट्रोल रुमका रुपमा नाष्टको केन्द्रीय कार्यालयभित्रै ‘नेपाल भूकम्प पूर्वचेतावनी केन्द्र’ स्थापना गरिएको छ । जहाँ कम्प्युटर र इन्टरनेटको माध्यमबाट भूकम्पको पूर्वसूचना प्राप्त हुन्छ । 

इन्स्टिच्युट अफ केयर लाइफ नामक चाइनिज संस्थाको सहयोगमा खुमलटारस्थित कार्यालयमा भूकम्पको पूर्वसूचना संकलन गर्ने र प्राप्त गर्ने ‘सर्भर’ तथा ‘रिसिभर’ राखिएको छ । काठमाडौं वरपरका जिल्लाका ४० स्थानमा भूकम्पको तरंगलाई मापन गरेर सर्भरमा ल्याउने गरी सेन्सरहरु जडान गरिएको छ ।

नाष्टले अब तत्काल थप ४० वटा सेन्सर यन्त्र विभिन्न ठाउँमा राख्दैछ । अहिले काठमाडौंका ३ स्थानमा यस्ता साइरनहरु जडान गरिएका छन्, जहाँ भूकम्पको प्रारम्भिक सूचना प्रवाह गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ