३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपालमा विकासको अत्यधिक सम्भावना छ’– मन्त्री कार्की

२९ मंसिर २०७३, बुधबार १२:११

मंसिर २९, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपालमा विकासको अत्यधिक सम्भावना रहेको हुँदा त्यसका लागि युवा पुस्ताको सक्रियता औँल्याउनुभएको छ । 

गायक भीषण राईको आधुनिक पप गीतको भिडियो सङ्ग्रह ‘धराने सोल्टिनी’ को यहाँ आज आयोजित कार्यक्रममा सार्वजनिक गर्दै मन्त्री कार्कीले नेपालको जल, जमिन, जडीबुटीलगायत विभिन्न स्रोतसाधन प्रयोग गरेर देशलाई विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

“अहिलेको नयाँ पुस्ता प्रगतिशील छ, नेपालको गीत सङ्गीतलगायत अन्य विभिन्न क्षेत्रमा समेत यो पुस्ता सक्रिय छ तर त्यसको व्यवस्थापन हुन सकेको छैन, हामीले नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुपर्छ”– सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो । 

मन्त्री कार्कीले गीत संसारकै सबैभन्दा पुरानो विधा भए पनि नेपालको सन्दर्भमा प्रकृतिबारे अत्यन्त कम मात्रामा गीत लेखिएको तर माया र प्रेमकाबारेमा बढी मात्रामा भएको बताउनुभयो । मन्त्री कार्कीले गीत सङ्गीतका क्षेत्रमा सरकार र आफ्नो व्यक्तिगततर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

‘धराने सोल्टिनी’ मा ‘वर्षांै बित्यो’, (शब्दःतारा राई, सङ्गीतः ओमप्रकाश राई), ‘यो संसारमा’, (शब्दः अमृत थेबे लिम्बू, सङ्गीतः कृष्णभक्त राई), ‘मलाई मात्र’, (शब्दः काजीमान यक्सो, सङ्गीतः अशोक राई) र ‘आउँदिन आउँदिन’, (शब्दः वासु भट्टराई, सङ्गीतःओम प्रकाश राई) लगायत चारवटा गीत समावेश रहेका छन् । 

सो अवसरमा गायक तथा सङ्गीतकार शम्भू राईले एमएम एस इन्टरटेनमेन्टले बजारमा ल्याएको धराने सोल्टिनीमा समावेश चारवटै गीतले सबै पक्षलाई छोएको बताउनुभयो । गीत सङ्गीतको क्षेत्रलाई राज्यले सम्मान र संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा सङ्गीतकार तथा गायक ओमप्रकाश राई, कृष्णभक्त राई र अशोक राईलगायत करिब दुई दर्जन स्रष्टालाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ