पुस  १, काठमाडौँ । गसीबाटो निर्माण उपभोक्ता समितिले आज उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस  १, काठमाडौँ । गसीबाटो निर्माण उपभोक्ता समितिले आज उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्योगपति विनोद चौधरीविरुद्ध मुद्दा दर्ता

१ पुष २०७३, शुक्रबार १३:४३

पुस  १, काठमाडौँ । गसीबाटो निर्माण उपभोक्ता समितिले आज उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । 

काठमाडौँ जिल्ला साविक सतुङ्गल गाविस–७ र ८ को सिमाना जोडिने सार्वजनिक गोरेटो बाटो कब्जा गरी चौधरीले कारखाना निर्माण गरेको भन्ने अभियोग लगाउँदै गसी बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले उहाँविरुद्ध आज मुद्दा दर्ता गर्नुभएको हो । 

स्थानीय सतुङ्गल, बलम्बु, महादेवस्थान, बोसीगाउँ कीर्तिपुरका करिब पाँच हजार व्यक्ति आवतजावत गर्ने चौडाइ तीन फिट र लम्बाइ लगभग १०० फिट गोरेटो बाटो कब्जा गरी भवन निर्माण गरेकाले उहाँविरुद्ध मुद्दा दर्ता गर्न बाध्य भएको जानकारी स्थानीयवासी ईश्वरलाल महर्जनले राससलाई दिनुभयो । 

गत २०७१ साल चैत २० गते स्थानीय सतुङ्गल गाविसवासीको भेलाले मनोजकुमार श्रेष्ठको अध्यक्षतामा गसी बाटो उपभोक्ता निर्माण समिति गठन गरेको थियो । 

उक्त समितिले उद्योगविरुद्ध यसअघि गोरेटो बाटो कब्जा गरेको जानकारी जिल्ला प्रशासन कार्यालय काठमाडौँ, गाविसको कार्यालय सतुङ्गल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटकपटक उजुरी दर्ता गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ