३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दश वर्षमा रोजगारीका लागि विदेश जानु नपर्ने बनाउने तयारीमा सरकार

१ पुष २०७३, शुक्रबार १५:०५

पुस १, काठमाडौँ । सरकारले अबको १० वर्षमा रोजगारीका लागि विदेश जानु नपर्ने खालको लगानीमैत्री वातावरण बनाउनका लागि नीति तयार गर्न लागेको छ । 

उद्योग मन्त्रालयमा आज नेपाली काँग्रेससँग आबद्ध सांसदसँगको छलफलमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले आर्थिक र औद्योगिक क्षेत्र तथा वैदेशिक लगानी नीति संसदमा प्रस्तुत भइसकेको र बौद्धिक सम्पत्ति नीति पनि ल्याउने तयारीमा भइरहेको जानकारी दिनुभयो । 

आगामी फागुन १९ र २० गते अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन नेपालमा गरी करिब ३०० विदेशी लगानीकर्तालाई ल्याएर थप रु एक अर्ब लगानी नेपाल ल्याउने उद्देश्य रहेको समेत मन्त्री जोशीले बताउनुभयो । राज्यमन्त्री कञ्चनचन्द्र वादेले मन्त्रालयले लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि काम गरिरहेको र २० घन्टाभित्र उद्योग गर्दा गर्न सकिने प्रावधान आजैदेखि सुरु भएको बताउनुभयो । 

छलफलमा काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र सांसदले नेपालमै रोजगारीको सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिनुभएको थियो । मन्त्रालयले उद्योग क्षेत्र सुधार कार्यक्रमअन्र्तगत अन्य दलका सांसदलाई पनि बोलाएर छलफल गर्ने तयारी गरेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ