2026-07-10 03:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दश वर्षमा रोजगारीका लागि विदेश जानु नपर्ने बनाउने तयारीमा सरकार

पुस १, काठमाडौँ । सरकारले अबको १० वर्षमा रोजगारीका लागि विदेश जानु नपर्ने खालको लगानीमैत्री वातावरण बनाउनका लागि नीति तयार गर्न लागेको छ । 

उद्योग मन्त्रालयमा आज नेपाली काँग्रेससँग आबद्ध सांसदसँगको छलफलमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले आर्थिक र औद्योगिक क्षेत्र तथा वैदेशिक लगानी नीति संसदमा प्रस्तुत भइसकेको र बौद्धिक सम्पत्ति नीति पनि ल्याउने तयारीमा भइरहेको जानकारी दिनुभयो । 

आगामी फागुन १९ र २० गते अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन नेपालमा गरी करिब ३०० विदेशी लगानीकर्तालाई ल्याएर थप रु एक अर्ब लगानी नेपाल ल्याउने उद्देश्य रहेको समेत मन्त्री जोशीले बताउनुभयो । राज्यमन्त्री कञ्चनचन्द्र वादेले मन्त्रालयले लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि काम गरिरहेको र २० घन्टाभित्र उद्योग गर्दा गर्न सकिने प्रावधान आजैदेखि सुरु भएको बताउनुभयो । 

छलफलमा काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र सांसदले नेपालमै रोजगारीको सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिनुभएको थियो । मन्त्रालयले उद्योग क्षेत्र सुधार कार्यक्रमअन्र्तगत अन्य दलका सांसदलाई पनि बोलाएर छलफल गर्ने तयारी गरेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो