२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीका सिडियो जनताको घेराउमा, माफी मागेर पनि सुख पाएनन्

२ पुष २०७३, शनिबार १०:१८

प्रेम सुनार, पुस २, गुल्मी । हिजोको शान्तिपुर्ण आन्दोलनमा चरम दमन र वर्वता अपनाएको भन्दै गुल्मीका सिडियो जनताको घेराउमा परेका छन् । अहिले विहान आन्दोलनरत पक्ष संग सम्वाद गर्न जिल्ला विकास समितिको सभाहलमा बैठकको आयोजना गरेका सिडियो कृष्णप्रसाद ढुङ्गनालाई गेटमा  बसेका आन्दोलनकारीले  बाहिर निस्कनीन दिएका छैनन् ।

जिल्ला प्रशासन अगाडी टायरहरु बालिएकोले धुँवामय बनेको छ । गटेबाट वाहिर निस्कने अवस्था नभए पछि सुरक्षा निकायका प्रमुखहरुले सिडियो र एलडियोलाई जिल्ला विकास समितिको कार्यालय भित्र लगेर राखेका छन् ।

वाहिर निस्केर माफी माग्नु पर्छ नत्र छाडिन्न भन्दै आन्दोलनकारीहरुले नारावाजी गरिरहेका छन् । विशेषतः युवा पक्ती उत्तेजित भएका छन् । यो समाचार तयार पार्ने बेला सम्म संयुक्त जनआन्दोलन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले सम्झाउने प्रयास गरिरहेका छन् ।

  झण्डै दुइ घण्टा लामो बैठक अवधीकोा अन्तिम तिर आएर सिडियो हिजोको घटना प्रति आत्मालोचना गर्दै माफी माग्न बाध्य भएका छन् । सांसद कमला बिश्वकर्मा ज्यु घाईते भएकोमा क्षमा चाहन्छु भनेका सिडियोलाई सांसद बिश्वकर्मा संग मात्र माफी मागेर मात्रै पुग्दैन् , जो जसका टाउकामा लाठी वर्साउनु भएको छ ति सवै प्रति माफी माग्नु पर्छ भनेर संयोजक श्रेष्ठ, एमाले नेता मधुकृष्ण पन्त लगायत सवै दलले थुर्नु थुरे पछि ल ठिकै छ माफी माग्नु पर्छ भने पनि तयार छु भनेर सिडियोले दुई हात जोडेका थिए । अव भोली देखि हिजोको अवस्था दोहरीने छैन भन्दै उनले प्रतिवद्धता जनाएका छन् । आन्दोलन गाउँ गाउँबाट पनि चर्किएको छ ।

       गुल्मीमा एउटा पनि प्रहरी रहन नदिने चेतावानी

   हिजो सदरमुकाममा भएको प्रहरी दमन प्रति गाउँका जनता र नेताहरुले सदरमुकाममा हाम्रो मान्छेलाई अव छोईयो भने एउटा पनि प्रहरी गुल्मीमा रहन नदिने चेतावानी दिएका छन् ।

  आन्दोलनलाई गाउँ स्तरमा घनिभुत पारेका मजुवाका समाज सेवी चेतन बस्नेतले फोनमा भने–‘ भन्दीनुस् प्रेम जि, त्यहाँ हाम्रा मान्छेलाई अव छोईयो भने मात्रै गुल्मीमा एउटा पनि पुलिस रहन दिने छैन् । नेटा, दर्लिङ्ग, पौदी अमराई, वामी टक्सार , वलेटक्सार , सिमलटारी, पुर्कोटदह लगायतका प्रमुख स्थानका आन्दोलनकारीले पनि यहाँको प्रहरी प्रशासनलाई कडा चेतावानी दिएका छन् ।

 पौदीअमराईको आन्दोलनको विचबाटै त्यहाँका अवकास प्राप्त सुवेदार विष्णुबहादुर खातीले सदरमुकाममा मान्छे थोरै भए भनेर हरेस नखान नेताहरुलाई हौसला बढाए । बैठकमा कांग्रेसका पार्टी सचिव खिलध्वज पन्थी र  एमाले सचिव सोमनाथ सापकोटाले प्रहरीलाई जनताले लखेट्न समेत  सक्ने चेतावानी दिए । बैठकमा कसरी थुरे सिडियोलाई केहि वेरपछि पस्कीने छौं । यो समाचार तयार पार्ने वेलामा भित्र पसेका सिडियो सहितका टोलीले फोन गरेर एक रेष्टुरेण्टलाई दुध मगाउँदै थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की