पुस २, काठमाडौं ।  जनसंख्या तथा वातावरण मन्त्री  जयदेव जोशीले व्यवस्थित समाजका लागि पत्रकारिता जगत मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २, काठमाडौं ।  जनसंख्या तथा वातावरण मन्त्री  जयदेव जोशीले व्यवस्थित समाजका लागि पत्रकारिता जगत मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकारिता जगत मर्यादित र जिम्मेवार हुनुपर्छ: मन्त्री जोशी

२ पुष २०७३, शनिबार १४:१९


पुस २, काठमाडौं ।  जनसंख्या तथा वातावरण मन्त्री  जयदेव जोशीले व्यवस्थित समाजका लागि पत्रकारिता जगत मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।

शनिबार काठमाडौंको जया बहुमुखी कलेजमा सकरात्मक विकास सञ्चार केन्द्र र प्रगतिशील महिला समाजले आयोजना गरेको निःशुल्क पत्रकारिता तथा उद्घोषण तालिमको शुभारम्भ गर्दै उनले पत्रकारको व्यावसायिकतामा जोड दिएका हुन् ।

“पछिल्लो समय पत्रकारिता क्षेत्र वृहत बन्दै गएको छ, नयाँ युगमा पनि प्रवेश गरेको छ । पत्रकारहरू जिम्मेवार भए मात्र मुलुकको विकास सम्भव छ,” उनको आसय थियो ।

एक प्रशंगमा जनसंख्या तथा वातावरणमन्त्री रहेका उनले मन्त्रालयको क्षेत्र व्यापक भए पनि साधन स्रोतको सीमितताले अपेक्षाकृत काम गर्न नसकिएको बताए । “काम गर्नुपर्ने धेरै छ तर स्रोत साधन पर्याप्त छैन,” उनको भनाइ थियो ।


कार्यक्रममा नेकपा संयुक्तका पोलिटव्युरो सदस्य श्रीलाल महासेठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छिरिङ लामा आयोजक संस्थाका अध्यक्ष भीम लामा र किरण मोक्तानलगायतले मन्तव्य राखेका थिए ।

१५ दिनसम्म चल्ने तालिममा करिव ८० जना सहभागी हुने र उत्कृष्ट प्रशिक्षार्थीलाई रोजगारीको समेत अवसर प्रदान गरिने सकरात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष लामाले जानकारी दिए ।

तालिममा टेलिभिजन, रेडियो, छापा, अनलाईनका गरी २० बढी पत्रकारहरूले प्रशिक्षण दिने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ