पुस २, काठमाडौं ।  जनसंख्या तथा वातावरण मन्त्री  जयदेव जोशीले व्यवस्थित समाजका लागि पत्रकारिता जगत मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २, काठमाडौं ।  जनसंख्या तथा वातावरण मन्त्री  जयदेव जोशीले व्यवस्थित समाजका लागि पत्रकारिता जगत मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् "/>

2026-07-10 03:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकारिता जगत मर्यादित र जिम्मेवार हुनुपर्छ: मन्त्री जोशी


पुस २, काठमाडौं ।  जनसंख्या तथा वातावरण मन्त्री  जयदेव जोशीले व्यवस्थित समाजका लागि पत्रकारिता जगत मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।

शनिबार काठमाडौंको जया बहुमुखी कलेजमा सकरात्मक विकास सञ्चार केन्द्र र प्रगतिशील महिला समाजले आयोजना गरेको निःशुल्क पत्रकारिता तथा उद्घोषण तालिमको शुभारम्भ गर्दै उनले पत्रकारको व्यावसायिकतामा जोड दिएका हुन् ।

“पछिल्लो समय पत्रकारिता क्षेत्र वृहत बन्दै गएको छ, नयाँ युगमा पनि प्रवेश गरेको छ । पत्रकारहरू जिम्मेवार भए मात्र मुलुकको विकास सम्भव छ,” उनको आसय थियो ।

एक प्रशंगमा जनसंख्या तथा वातावरणमन्त्री रहेका उनले मन्त्रालयको क्षेत्र व्यापक भए पनि साधन स्रोतको सीमितताले अपेक्षाकृत काम गर्न नसकिएको बताए । “काम गर्नुपर्ने धेरै छ तर स्रोत साधन पर्याप्त छैन,” उनको भनाइ थियो ।


कार्यक्रममा नेकपा संयुक्तका पोलिटव्युरो सदस्य श्रीलाल महासेठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छिरिङ लामा आयोजक संस्थाका अध्यक्ष भीम लामा र किरण मोक्तानलगायतले मन्तव्य राखेका थिए ।

१५ दिनसम्म चल्ने तालिममा करिव ८० जना सहभागी हुने र उत्कृष्ट प्रशिक्षार्थीलाई रोजगारीको समेत अवसर प्रदान गरिने सकरात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष लामाले जानकारी दिए ।

तालिममा टेलिभिजन, रेडियो, छापा, अनलाईनका गरी २० बढी पत्रकारहरूले प्रशिक्षण दिने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो