ताराबहादुर महत । पुस २, दोलखा | पुस महिनाको चिसो मौसम । त्यसमाथि पनि गौरीशंकर हिमालबाट सिधै आईपुग्ने चिसो हावाको वेग । चरिकोटको चरिघ्याङ डाँडामा सयौँको संख्यामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । पुस २, दोलखा | पुस महिनाको चिसो मौसम । त्यसमाथि पनि गौरीशंकर हिमालबाट सिधै आईपुग्ने चिसो हावाको वेग । चरिकोटको चरिघ्याङ डाँडामा सयौँको संख्यामा "/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोलखाका पत्रकारसँग किन डराए उर्जा मन्त्री ?

२०७३, २ पुष शनिबार १४:३३

ताराबहादुर महत । पुस २, दोलखा | पुस महिनाको चिसो मौसम । त्यसमाथि पनि गौरीशंकर हिमालबाट सिधै आईपुग्ने चिसो हावाको वेग । चरिकोटको चरिघ्याङ डाँडामा सयौँको संख्यामा युवा, अधबैँसे र बृद्धहरुसमेत पार्टी प्यालेसको हलभित्र प्रशिक्षण लिईरहेका थिए । समाजको अग्रगमनका लागि दशकौंसम्म लडिएको युद्धको पनि चर्चा चलिरहेको थियो । समाज विकासका लागि गरिएको त्याग, तपस्या र बलिदानीका कुराहरु पनि गुञ्जिरहेका थिए । लाग्थ्यो राजनितिक आस्था त यस्तो पार्टीमा पो राख्नु । प्राय जुनसुकै राजनितिक दलका कुरा सुने पनि नागरिकलाई यस्तै लाग्छ ।

आदर्शका कुरा गर्नेहरु धेरै भेटिन्छन । तर फरक यत्ति छ, ती मध्ये थोरैले मात्र व्यवहारमा उतार्छन । यसको उदहारण हो, पार्टीका कार्यकर्ता प्रशिक्षणका लागि दोलखा आईपुग्नुभएका माओवादी केन्द्रका नेता तथा नेपाल सरकारका उर्जामन्त्री जनार्दन शर्माको प्रशिक्षणात्मक मन्तव्य र हलबाहिर बसेर मन्त्रीको भाषण सुनेका एक पत्रकारको भोगाई ।

कुनैपनि सार्वजनिक पद धारण गरेका व्यक्तिले बालेको कुरा सुन्न र त्यस्ता व्यक्ति सरिक कार्यक्रमममा उपस्थित हुन पाउनु आम नागरिकको अधिकार हो । यसका साथै आम नागरिकलाई सुचना दिने सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले यो अधिकारको प्रतिनिधि मूलक उपयोग गर्ने अभ्यास हाम्रो समाजमा धेरै छ । नेपाल सरकारका मन्त्री सहभागि कार्यक्रममा प्रेस जगतलाई प्रवेश नदिने राजनितिक दलको पारदर्शिता के भन्ने प्रश्नको जवाफ बुझ्न सायद कसैलाई कठिन नहोला । यति हुँदाहुँदै पनि पार्टीका गोप्य कुराहरु बाहिर ल्याउन नदिनुलाई अन्यथा मान्न मिल्दैन । तर पत्रकार सम्मेलनको निम्ता दिएर सञ्चार जगतलाई अपमान गरिएको महशुस भएको छ ।

उर्जा मन्त्रीले आज विहान सरकारको राष्ट्रिय गौरवको आयोजना दोलखाको लामाबगरमा निमार्णाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजना निरिक्षण गर्नुभएको थियो । समसामयिक राजनितिक गतिविधि र देशमा लोडसेडिङ घटाउन भईरहेका प्रयासबारे बेलुकी ५ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । राष्ट्रिय तथा स्थानिय सञ्चार माध्यमका पत्रकारहरु ५ नबज्दै कार्यक्रम आयोजकले तोकिएको कार्यक्रम स्थल पुगेर मन्त्रीको प्रतिक्षा गरीरहेका थिए । नकि कतिपय पत्रकारहरु प्रशिक्षण कार्यक्रमस्थल बाहिर मन्त्रीलाई कुरीरहेका थिए । तीनै पत्रकारहरु मन्त्री पछिपछि कार्यक्रम स्थल तर्फ जाँदै थिए । प्रशिक्षण कार्यक्रम सकेर तोकिएको समय भन्दा ५ मिनेट ढिला मन्त्री शर्मा पत्रकार सम्मेलन गर्ने भनिएको स्थानमा पुग्नुभयो र फर्किनुभयो । स्थानिय आयोजक र निम्तालु पत्रकारहरु पनि मन्त्री सँगसँगै बाहिर निस्किए । यो दृश्य देखेर पत्रकार सम्मेलनका लागि पुगेका पत्रकार र अन्य नागरिकहरु पनि चकित परे । यो दृश्यले जिल्लास्थित पार्टीका नेताहरुले समेत कौतुहलता प्रदर्शन गरे । सबैको कौतुहलता देखेर स्थानिय आयोजकले तोकिएको समयमा पत्रकारहरुको उपस्थिती नहुँदा र मन्त्री ज्युको व्यस्तताले कार्यक्रम हुन नसकेको जानकारी दिए ।

आजको यो घटनाले सबैको एक खालको अन्यौलता सिर्जना गरेको छ । एक त मन्त्री सहभागि कार्यक्रममा पत्रकारलाई प्रवेशमा रोकावट, अर्को पत्रकारहरको उपस्थिती हुँदाहुँदै पनि उपस्थित नभएको स्थानीय आयोजकले दाबी गर्नु र माथिल्लो तामाकोशी आयोजना निरिक्षण गर्नुभएका मन्त्री शर्माले प्रेस जगतसँग कुनै सुचना नबाड्नु  । हुन त यस्ता दृश्यहरु विवशताका परिणाम पनि हुन सक्छन् । विवशताभित्र कुनै रहस्य भेट्न नपरोस । नत्र करिब १० मिनेट भन्दा बढी समय सडकमा उभिएर आफ्नो सवारी कुरेका मन्त्री शर्माले किन प्रेस जगतले आम नागरिकको प्रतिनिधित्व गर्छ भन्ने कुरा बुझ्न सकेनन् । यसभित्र पार्टीको निति यस्तो थियो कि व्यक्तिको ? कि स्थानीय पत्रकारसँग मन्त्री शर्मा डराए ? यो चासोको विषय बनेको छ । यसरी सुचनाको हकबाट नागरिकहरुलाई बञ्चित गर्ने हो भने पार्टीको साँख कतातिर पुग्ला आम राजनितिज्ञहरुले बुझ्नु जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह