ताराबहादुर महत । पुस २, दोलखा | पुस महिनाको चिसो मौसम । त्यसमाथि पनि गौरीशंकर हिमालबाट सिधै आईपुग्ने चिसो हावाको वेग । चरिकोटको चरिघ्याङ डाँडामा सयौँको संख्यामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । पुस २, दोलखा | पुस महिनाको चिसो मौसम । त्यसमाथि पनि गौरीशंकर हिमालबाट सिधै आईपुग्ने चिसो हावाको वेग । चरिकोटको चरिघ्याङ डाँडामा सयौँको संख्यामा "/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोलखाका पत्रकारसँग किन डराए उर्जा मन्त्री ?

२ पुष २०७३, शनिबार १४:३३

ताराबहादुर महत । पुस २, दोलखा | पुस महिनाको चिसो मौसम । त्यसमाथि पनि गौरीशंकर हिमालबाट सिधै आईपुग्ने चिसो हावाको वेग । चरिकोटको चरिघ्याङ डाँडामा सयौँको संख्यामा युवा, अधबैँसे र बृद्धहरुसमेत पार्टी प्यालेसको हलभित्र प्रशिक्षण लिईरहेका थिए । समाजको अग्रगमनका लागि दशकौंसम्म लडिएको युद्धको पनि चर्चा चलिरहेको थियो । समाज विकासका लागि गरिएको त्याग, तपस्या र बलिदानीका कुराहरु पनि गुञ्जिरहेका थिए । लाग्थ्यो राजनितिक आस्था त यस्तो पार्टीमा पो राख्नु । प्राय जुनसुकै राजनितिक दलका कुरा सुने पनि नागरिकलाई यस्तै लाग्छ ।

आदर्शका कुरा गर्नेहरु धेरै भेटिन्छन । तर फरक यत्ति छ, ती मध्ये थोरैले मात्र व्यवहारमा उतार्छन । यसको उदहारण हो, पार्टीका कार्यकर्ता प्रशिक्षणका लागि दोलखा आईपुग्नुभएका माओवादी केन्द्रका नेता तथा नेपाल सरकारका उर्जामन्त्री जनार्दन शर्माको प्रशिक्षणात्मक मन्तव्य र हलबाहिर बसेर मन्त्रीको भाषण सुनेका एक पत्रकारको भोगाई ।

कुनैपनि सार्वजनिक पद धारण गरेका व्यक्तिले बालेको कुरा सुन्न र त्यस्ता व्यक्ति सरिक कार्यक्रमममा उपस्थित हुन पाउनु आम नागरिकको अधिकार हो । यसका साथै आम नागरिकलाई सुचना दिने सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले यो अधिकारको प्रतिनिधि मूलक उपयोग गर्ने अभ्यास हाम्रो समाजमा धेरै छ । नेपाल सरकारका मन्त्री सहभागि कार्यक्रममा प्रेस जगतलाई प्रवेश नदिने राजनितिक दलको पारदर्शिता के भन्ने प्रश्नको जवाफ बुझ्न सायद कसैलाई कठिन नहोला । यति हुँदाहुँदै पनि पार्टीका गोप्य कुराहरु बाहिर ल्याउन नदिनुलाई अन्यथा मान्न मिल्दैन । तर पत्रकार सम्मेलनको निम्ता दिएर सञ्चार जगतलाई अपमान गरिएको महशुस भएको छ ।

उर्जा मन्त्रीले आज विहान सरकारको राष्ट्रिय गौरवको आयोजना दोलखाको लामाबगरमा निमार्णाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजना निरिक्षण गर्नुभएको थियो । समसामयिक राजनितिक गतिविधि र देशमा लोडसेडिङ घटाउन भईरहेका प्रयासबारे बेलुकी ५ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । राष्ट्रिय तथा स्थानिय सञ्चार माध्यमका पत्रकारहरु ५ नबज्दै कार्यक्रम आयोजकले तोकिएको कार्यक्रम स्थल पुगेर मन्त्रीको प्रतिक्षा गरीरहेका थिए । नकि कतिपय पत्रकारहरु प्रशिक्षण कार्यक्रमस्थल बाहिर मन्त्रीलाई कुरीरहेका थिए । तीनै पत्रकारहरु मन्त्री पछिपछि कार्यक्रम स्थल तर्फ जाँदै थिए । प्रशिक्षण कार्यक्रम सकेर तोकिएको समय भन्दा ५ मिनेट ढिला मन्त्री शर्मा पत्रकार सम्मेलन गर्ने भनिएको स्थानमा पुग्नुभयो र फर्किनुभयो । स्थानिय आयोजक र निम्तालु पत्रकारहरु पनि मन्त्री सँगसँगै बाहिर निस्किए । यो दृश्य देखेर पत्रकार सम्मेलनका लागि पुगेका पत्रकार र अन्य नागरिकहरु पनि चकित परे । यो दृश्यले जिल्लास्थित पार्टीका नेताहरुले समेत कौतुहलता प्रदर्शन गरे । सबैको कौतुहलता देखेर स्थानिय आयोजकले तोकिएको समयमा पत्रकारहरुको उपस्थिती नहुँदा र मन्त्री ज्युको व्यस्तताले कार्यक्रम हुन नसकेको जानकारी दिए ।

आजको यो घटनाले सबैको एक खालको अन्यौलता सिर्जना गरेको छ । एक त मन्त्री सहभागि कार्यक्रममा पत्रकारलाई प्रवेशमा रोकावट, अर्को पत्रकारहरको उपस्थिती हुँदाहुँदै पनि उपस्थित नभएको स्थानीय आयोजकले दाबी गर्नु र माथिल्लो तामाकोशी आयोजना निरिक्षण गर्नुभएका मन्त्री शर्माले प्रेस जगतसँग कुनै सुचना नबाड्नु  । हुन त यस्ता दृश्यहरु विवशताका परिणाम पनि हुन सक्छन् । विवशताभित्र कुनै रहस्य भेट्न नपरोस । नत्र करिब १० मिनेट भन्दा बढी समय सडकमा उभिएर आफ्नो सवारी कुरेका मन्त्री शर्माले किन प्रेस जगतले आम नागरिकको प्रतिनिधित्व गर्छ भन्ने कुरा बुझ्न सकेनन् । यसभित्र पार्टीको निति यस्तो थियो कि व्यक्तिको ? कि स्थानीय पत्रकारसँग मन्त्री शर्मा डराए ? यो चासोको विषय बनेको छ । यसरी सुचनाको हकबाट नागरिकहरुलाई बञ्चित गर्ने हो भने पार्टीको साँख कतातिर पुग्ला आम राजनितिज्ञहरुले बुझ्नु जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली