२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

शिक्षकहरु आन्दोलित, विद्यालयमा आम हड्ताल, पठनपाठन ठप्प

२०७३, ३ पुष आईतवार ०७:२४

दिनेश ठकुल्ला । पुस ३, धनगढी | निजि विद्यालयमा कार्यरत शिक्षकहरुको संगठन संस्थागत विद्यालय शिक्षक युनियन कैलालीले शैक्षिक आमहड्ताको घोषणा गरेको छ । आफूले राख्दै आएका शैक्षिक मागहरुको सम्बोधन नभएपछि आईतवारदेखि जिल्लाका सबै निजि तथा संस्थागत उच्च माविहरुमा अनिश्चितकालिन शैक्षिक हड्ताल गरिएको युनियनले जनाएको छ । 

जसका कारण सवै निजि तथा संस्थागत उच्च माविहरु ठप्प छन ।  माग पुरा गराउनका लागि पटकपटक सरोकारवालालाई ध्यानाकर्षण गराए पनि सुनुवाई नभएको युनियनले जनाएको छ । निजि विद्यालयमा कार्यरत शिक्षकहरुलाई सरकारी तह अनुसार सेवा, सुविधा दिइनु पर्ने, एक शिक्षकले एक दिन ५ वटा कक्षामात्र पढाउने व्यवस्था हुनुपर्ने, निजि विद्यालयमा कार्यरत शिक्षकको नियुक्ति पत्रको व्यवस्था हुनुपर्ने माग आफूहरुको रहेको युनियनका अध्यक्ष धर्मराज भट्टले बताउनुभयो  । यस्तै निजि विद्यालयका शिक्षकहरुका लागि पनि संचय कोष, बिमाको सुविधा हुनुपर्ने, परीक्षामा एकरुपता हुनुपर्ने, कपि जाँचको शुल्क दिनुपर्ने माग शिक्षकहरुले गरेका छन् । 

शिक्षकका पेशागतसंगै शैक्षिक सुधारका मागहरु समेत युनियनले गरेको छ । कक्षामा अडियो–भिडियोमार्फत पठनपाठनको व्यवस्था हुनुपर्ने, विद्यालयमा ई–लाईब्रेरी हुनुपर्ने, खाजाघरको व्यवस्था हुनुपर्ने र निजि विद्यालयमा मनपरी भईरहने पाठ्यपुस्तक परिवर्तनलाई कम गर्न पाठ्यक्रम परिवर्तन गर्दा शिक्षकको पनि सहमति हुनुपर्ने माग गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।  

उहाले आफ्ना मागहरुबाट पटकपटक सरोकारवालाको ध्यानाकर्षण गराए पनि सुनुवाई नभएपछि विद्यालय बन्द गरेर आन्दोलनमा जानु परेको बतानुभयो  । यसअघि जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समितिलगायत सरोकारवाला निकाय तथा विद्यालय संचालकहरुलाई मागबारे ध्यानाकर्षण गराइएको थियो । माग पुरा गराउनका लागि दवाव दिन यसअघि निजि विद्यालयको संगठन प्याब्सन र एन प्याव्सनमा तालाबन्दीसमेत गरिएको थियो । जिल्लाभर करिब २ सय निजि विद्यालयमा ३ हजार भन्दा बढी शिक्षक कार्यरत रहेका बताइएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन