११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय परीक्षा बोर्डमा प्राध्यापक सङ्घद्वारा तालाबन्दी

३ पुष २०७३, आईतवार ११:२२

पुस ३, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव सूर्यप्रसाद गौतम र प्रशासन प्रमुख दुर्गाप्रसाद अर्यालको कार्यकक्षमा लोकतान्त्रिक प्राध्यापक सङ्घले आज तालाबन्दी गरेको छ । 

उच्च माध्यमिक शिक्षा परिषद् हुँदा अनुगमनमा खटाउन नियुक्त गरिएको कर्मचारी उदयकुमार कर्ण, ब्रजेशकुमार झा र स्कुल म्यापिङ्का लागि नियुक्त गरिएका नारायण पोखरेललाई बोर्डले हटाएको भन्दै तराई–मधेस लोकतान्त्रिक पार्टी निकट सङ्घले ५ बुँदे माग राखेर तालाबन्दी गरेको हो । 

सङ्घले म्याद सकिएका तीनजना कर्मचारीलाई तत्काल म्याद थप गरी काममा लगाउनुपर्ने, उनीहरुको विगत चार महिनादेखिको तलब दिनुपर्ने, परीक्षामा पर्यवेक्षकका रुपमा खटिएका कर्मचारीको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, प्राध्यापक सङ्घसँग विगतमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने, बोर्डका अस्थायी, करार र ज्यालादारीका कर्मचारीलाई स्थायी गरिनुपर्ने माग राखेर तालाबन्दी गरेको सङ्घका अध्यक्ष उदय तिवारीले बताउनुभयो । 

बोर्डका सदस्य सचिव गौतमले भने नयाँ शिक्षा ऐनले तत्कालीन परिषद्लाई बोर्डमा रुपान्तरण गरेसँगै अनुगमन र म्यापिङको काम शिक्षा विभाग मातहत हुँदै आएकाले उनीहरुलाई हटाएको प्रतिक्रिया दिनुभएको छ । बोर्डलाई आवश्यकता नै नभएको कर्मचारी हटाइएको बताउँदै सदस्य सचिव गौतमले भन्नुभयो – “विगतमा यहाँबाट हुँदै आएको सम्बधन, अनुगमन, म्यापिङ्को काम अहिले शिक्षा विभागले गर्छ । पाठ््यक्रमको काम पाठ््यक्रम विकास केन्द्रले गर्छ । तालिमको काम शैक्षिक जनशक्ति विकास केन्द्रले गर्छ । अहिले बोर्ड परीक्षासम्बन्धी काम मात्रै गर्ने हो । बोर्डलाई आवश्यक नभएको कर्मचारी हटाइएको हो ।” 

हटाइएका कर्मचारीलाई गत कात्तिक २४ गते नै पुस १ गतेदेखि बोर्डमा राख्न नसकिने जानकारी गराई सकिएको सन्र्दभमा तालाबन्दीको कुनै अर्थ नभएको उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से