पुस ३, काठमाडौं । महाकाली नदीको पानीमा आफ्नो कब्जा हुने गरी भारतले प्रस्ताव गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपालले अस्वीकार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ३, काठमाडौं । महाकाली नदीको पानीमा आफ्नो कब्जा हुने गरी भारतले प्रस्ताव गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपालले अस्वीकार "/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाकालीको पानी कब्जा गर्ने भारतीय प्रस्ताव नेपालद्वारा अस्वीकार

२०७३, ३ पुष आईतवार १२:३७

पुस ३, काठमाडौं । महाकाली नदीको पानीमा आफ्नो कब्जा हुने गरी भारतले प्रस्ताव गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपालले अस्वीकार गरेको छ ।

भारतीय परामर्शदाता कम्पनी वापकोसले तयार पारेको डीपीआर मस्यौदा पञ्चेश्वर विकास प्राधिकरणले नेपाल र भारत दुबै देशलाई उपलब्ध गराएको थियो । यो प्रस्ताव मानेको खण्डमा महाकाली नदीको ७८ प्रतिशत पानी भारतले र बाँकी मात्रै नेपालले पाउने छ ।

भारतबाट प्रस्तावित डीपीआर मस्यौदा आएपछि अध्ययन गर्न उर्जा मन्त्रालयले पूर्वसचिव श्रीरञ्जन लाकौलको नेतृत्वमा समिति बनाएको थियो । समितिको प्रतिवेदनका आधारमा उर्जा मन्त्रालयले हालै मात्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रबहादुर गुरुङलाई जवाफ पठाएको छ । र, यसमा मन्त्रालयले तीनबुँदे असहमति राखेको छ ।

नेपालले ‘तल्लो शारदा कटाएर मात्र नेपालले पानी पाउने’ भारतको प्रस्ताव ठाडै अस्वीकार गरेको छ । भारतले यसमा तल्लो शारदाको पानी पहिलेदेखि नै उपयोग गरिरहेको तर्क गरेको थियो ।

तर, नेपालले भने यो प्रस्ताव महाकाली सन्धीको सिद्धान्त विपरीत भएको बताएको छ । ‘रिपोर्ट तयार पार्दा भारतको तल्ला शारदा ब्यारेजमा भइरहेको पानीको प्रयोगलाई तत्कालीन अवस्था (महाकाली सन्धी अघि) नै भरहेको प्रयोग भनेर मानिएको छ’ मन्त्रालयले लेखेको जवाफमा भनिएको छ, महाकाली सन्धीमा तल्लो शारदाबारे उल्लेख गरिएको छैन । किनभने यो नेपाल भारत सीमामा पर्दैन । त्यसैले वापकोसले दिएको प्रतिवेदन महाकाली सन्धीको सैद्धान्तिक पक्षसँग बाझिएको छ ।’

साथै नेपालले महाकाली सन्धीअनुसार आफूले पाउने पानीको अनुपात, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना हुनु र नहुनुसँग कुनै सरोकार नभएको बताएको छ ।

‘चाँदनी दोधारा क्षेत्रमा मानिसले पञ्चेश्वरअघिको अवस्था अनुसार नै पानी पाउनुपर्छ, नेपालले भनेको छ ।

साथै महाकाली सन्धीको धारा ७ अनुसार नदीको वारीपारी बस्ने समुदायले नदीमा बार्षिक रुपमा बहने पानीको ५ प्रतिशत पाउने भनिएको छ । तर, वापकोसले डीपीआर प्रतिवेदनमा यसलाई अपव्याख्या गरेको भन्दै नेपालले आपत्ति जनाएको छ ।

महाकाली वरपरका मानिसले भविश्यमा कति पानी चलाउँलान् भन्ने अध्ययन पनि गर्नुपर्नेमा नेपालको जोड छ । उर्जा मन्त्रालयको पत्रमा भनिएको छ, ‘वापकोसले बुझाएको प्रतिवेदनमा नेपाल र भारतबीच भएको महाकाली सन्धीसँग वेमेल हुने धेरै कुरा छन् । हामीले अहिले यो पत्रमा लेखेको कुुरा प्रारम्भीक अध्ययनका आधारमा मात्र हो ।’

नेपालले प्रस्तावित डीपीआर महाकाली सन्धीअनुसार भए/नभएको अध्ययन गर्न वापकोसलाई निर्देशन दिन सुझाएको छ । साथै नेपालले नोभेम्बर १ मा नयाँ डीपीआर बुझाएको भन्दै दुबैको अध्ययन गरेर त्यसमा भएको परिर्वतनबारे जानकारी मागेको छ ।

महाकालीको स्रोतको अर्को विवाद

डीपीआरको मस्यौदामा ७८२० मिटर उचाईमा रहेको लिपुलेख हिमतालबाट महाकाली नदी बगेको उल्लेख छ । तर, नेपालले भने यो नदी लिपुलेकबाट कि लिम्पियाधुराबाट सुरु भएको हो भन्ने निक्र्यौल नेपाल र भारत सरकारले निर्णय गर्नु विषय भएको भन्दै डीपीआरमा महाकाली नदीको स्रोत उल्लेख गर्न जरुरी नभएको बताएको छ ।

नेपालीको जिल्लाको नाम नै गल्ती भएको समेत औंल्याइएको छ । डीपीआरमा धार्चुला लेखिएको भन्दै नेपालले दार्चुला भएको उल्लेख गरेको छ । साथै डीपीआर मस्यौदामा नेपाल सरकारबारे उल्लेख गर्दा श्रीपाँचको सरकार भनेर लेखिरहेको रहेछ । उर्जा मन्त्रालयलेे पठाएको गणतन्त्र आइसकेपछि नेपाल आएको स्मरण गराएको छ । - अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह