पुस ३, काठमाडौं । महाकाली नदीको पानीमा आफ्नो कब्जा हुने गरी भारतले प्रस्ताव गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपालले अस्वीकार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ३, काठमाडौं । महाकाली नदीको पानीमा आफ्नो कब्जा हुने गरी भारतले प्रस्ताव गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपालले अस्वीकार "/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाकालीको पानी कब्जा गर्ने भारतीय प्रस्ताव नेपालद्वारा अस्वीकार

२०७३, ३ पुष आईतवार १२:३७

पुस ३, काठमाडौं । महाकाली नदीको पानीमा आफ्नो कब्जा हुने गरी भारतले प्रस्ताव गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपालले अस्वीकार गरेको छ ।

भारतीय परामर्शदाता कम्पनी वापकोसले तयार पारेको डीपीआर मस्यौदा पञ्चेश्वर विकास प्राधिकरणले नेपाल र भारत दुबै देशलाई उपलब्ध गराएको थियो । यो प्रस्ताव मानेको खण्डमा महाकाली नदीको ७८ प्रतिशत पानी भारतले र बाँकी मात्रै नेपालले पाउने छ ।

भारतबाट प्रस्तावित डीपीआर मस्यौदा आएपछि अध्ययन गर्न उर्जा मन्त्रालयले पूर्वसचिव श्रीरञ्जन लाकौलको नेतृत्वमा समिति बनाएको थियो । समितिको प्रतिवेदनका आधारमा उर्जा मन्त्रालयले हालै मात्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रबहादुर गुरुङलाई जवाफ पठाएको छ । र, यसमा मन्त्रालयले तीनबुँदे असहमति राखेको छ ।

नेपालले ‘तल्लो शारदा कटाएर मात्र नेपालले पानी पाउने’ भारतको प्रस्ताव ठाडै अस्वीकार गरेको छ । भारतले यसमा तल्लो शारदाको पानी पहिलेदेखि नै उपयोग गरिरहेको तर्क गरेको थियो ।

तर, नेपालले भने यो प्रस्ताव महाकाली सन्धीको सिद्धान्त विपरीत भएको बताएको छ । ‘रिपोर्ट तयार पार्दा भारतको तल्ला शारदा ब्यारेजमा भइरहेको पानीको प्रयोगलाई तत्कालीन अवस्था (महाकाली सन्धी अघि) नै भरहेको प्रयोग भनेर मानिएको छ’ मन्त्रालयले लेखेको जवाफमा भनिएको छ, महाकाली सन्धीमा तल्लो शारदाबारे उल्लेख गरिएको छैन । किनभने यो नेपाल भारत सीमामा पर्दैन । त्यसैले वापकोसले दिएको प्रतिवेदन महाकाली सन्धीको सैद्धान्तिक पक्षसँग बाझिएको छ ।’

साथै नेपालले महाकाली सन्धीअनुसार आफूले पाउने पानीको अनुपात, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना हुनु र नहुनुसँग कुनै सरोकार नभएको बताएको छ ।

‘चाँदनी दोधारा क्षेत्रमा मानिसले पञ्चेश्वरअघिको अवस्था अनुसार नै पानी पाउनुपर्छ, नेपालले भनेको छ ।

साथै महाकाली सन्धीको धारा ७ अनुसार नदीको वारीपारी बस्ने समुदायले नदीमा बार्षिक रुपमा बहने पानीको ५ प्रतिशत पाउने भनिएको छ । तर, वापकोसले डीपीआर प्रतिवेदनमा यसलाई अपव्याख्या गरेको भन्दै नेपालले आपत्ति जनाएको छ ।

महाकाली वरपरका मानिसले भविश्यमा कति पानी चलाउँलान् भन्ने अध्ययन पनि गर्नुपर्नेमा नेपालको जोड छ । उर्जा मन्त्रालयको पत्रमा भनिएको छ, ‘वापकोसले बुझाएको प्रतिवेदनमा नेपाल र भारतबीच भएको महाकाली सन्धीसँग वेमेल हुने धेरै कुरा छन् । हामीले अहिले यो पत्रमा लेखेको कुुरा प्रारम्भीक अध्ययनका आधारमा मात्र हो ।’

नेपालले प्रस्तावित डीपीआर महाकाली सन्धीअनुसार भए/नभएको अध्ययन गर्न वापकोसलाई निर्देशन दिन सुझाएको छ । साथै नेपालले नोभेम्बर १ मा नयाँ डीपीआर बुझाएको भन्दै दुबैको अध्ययन गरेर त्यसमा भएको परिर्वतनबारे जानकारी मागेको छ ।

महाकालीको स्रोतको अर्को विवाद

डीपीआरको मस्यौदामा ७८२० मिटर उचाईमा रहेको लिपुलेख हिमतालबाट महाकाली नदी बगेको उल्लेख छ । तर, नेपालले भने यो नदी लिपुलेकबाट कि लिम्पियाधुराबाट सुरु भएको हो भन्ने निक्र्यौल नेपाल र भारत सरकारले निर्णय गर्नु विषय भएको भन्दै डीपीआरमा महाकाली नदीको स्रोत उल्लेख गर्न जरुरी नभएको बताएको छ ।

नेपालीको जिल्लाको नाम नै गल्ती भएको समेत औंल्याइएको छ । डीपीआरमा धार्चुला लेखिएको भन्दै नेपालले दार्चुला भएको उल्लेख गरेको छ । साथै डीपीआर मस्यौदामा नेपाल सरकारबारे उल्लेख गर्दा श्रीपाँचको सरकार भनेर लेखिरहेको रहेछ । उर्जा मन्त्रालयलेे पठाएको गणतन्त्र आइसकेपछि नेपाल आएको स्मरण गराएको छ । - अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ