पुस ३, लमजुङ (बेँसीसहर) | उद्योगमन्त्री नवीन्द्रराज जोशीले दश वर्षपछि युवा मजदुरीको निम्ती विदेश जान नपर्ने बताउनुभएको छ । 

पाँचौ लमजुङ महोत्सवको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ३, लमजुङ (बेँसीसहर) | उद्योगमन्त्री नवीन्द्रराज जोशीले दश वर्षपछि युवा मजदुरीको निम्ती विदेश जान नपर्ने बताउनुभएको छ । 

पाँचौ लमजुङ महोत्सवको "/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

पाँचौ लमजुङ महोत्सवमा मन्त्री जोशीले भने – ‘दश वर्षपछि युवा विदेशीन पर्दैन’

२०७३, ३ पुष आईतवार १४:५४

पुस ३, लमजुङ (बेँसीसहर) | उद्योगमन्त्री नवीन्द्रराज जोशीले दश वर्षपछि युवा मजदुरीको निम्ती विदेश जान नपर्ने बताउनुभएको छ । 

पाँचौ लमजुङ महोत्सवको आज समापन कार्यक्रममा मन्त्री जोशीले मुलुकमा बन्द अवस्थामा रहेका उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको बताउनुभयो । आगामी १० वर्षमा विदेशिएका युवालाई स्वदेशमै रोजगारीको अवस्था सृजना गर्ने उहाँको भनाइ थियो । 

“सरकारी मात्र होइन, निजी उद्योगलाई पनि पुनः सञ्चालनको निम्ती पहल भइरहेको छ,” – मन्त्री जोशीले भन्नुभयो “नीति नियममा सहजीकरण गर्न सरकार लागीपरेको छ ।” उद्योग सञ्चालनका लागि आवश्यक कानुन नियमावली परिमार्जनको निम्ति अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको उहाँले बताउनुभयो । 

मुलुकको समृद्धि विकास उद्योगबाट मात्रै सम्भव भएको भन्दै मन्त्री जोशीले राष्ट्रिय हैसियत राख्नेखालका उद्योग सञ्चालनमा ल्याइने बताउनुभयो । राजनीतिक अस्थिरताका कारण उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै उहाँले अब मुलुक आर्थिक उन्नतिमा लम्किएको दाबी गर्नुभयो । हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याई केही वर्षमै सेना, प्रहरी, शिक्षक, निजामती कर्मचारीलगायतका लागि कपडा यहीँ उत्पादन गर्ने बताउनुभयो । 

उद्योग वाणिज्य सङ्घ लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशी, वर्तमान उपाध्यक्ष दिनेश श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो । मन्त्री जोशीले आजै बेसीसहरमा सञ्चालनमा ल्याइएको हुलाकी बेकरी उद्योगको समेत उद्घाटन गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन