पुस ३, लमजुङ (बेँसीसहर) | उद्योगमन्त्री नवीन्द्रराज जोशीले दश वर्षपछि युवा मजदुरीको निम्ती विदेश जान नपर्ने बताउनुभएको छ । 

पाँचौ लमजुङ महोत्सवको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ३, लमजुङ (बेँसीसहर) | उद्योगमन्त्री नवीन्द्रराज जोशीले दश वर्षपछि युवा मजदुरीको निम्ती विदेश जान नपर्ने बताउनुभएको छ । 

पाँचौ लमजुङ महोत्सवको "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

पाँचौ लमजुङ महोत्सवमा मन्त्री जोशीले भने – ‘दश वर्षपछि युवा विदेशीन पर्दैन’

३ पुष २०७३, आईतवार १४:५४

पुस ३, लमजुङ (बेँसीसहर) | उद्योगमन्त्री नवीन्द्रराज जोशीले दश वर्षपछि युवा मजदुरीको निम्ती विदेश जान नपर्ने बताउनुभएको छ । 

पाँचौ लमजुङ महोत्सवको आज समापन कार्यक्रममा मन्त्री जोशीले मुलुकमा बन्द अवस्थामा रहेका उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको बताउनुभयो । आगामी १० वर्षमा विदेशिएका युवालाई स्वदेशमै रोजगारीको अवस्था सृजना गर्ने उहाँको भनाइ थियो । 

“सरकारी मात्र होइन, निजी उद्योगलाई पनि पुनः सञ्चालनको निम्ती पहल भइरहेको छ,” – मन्त्री जोशीले भन्नुभयो “नीति नियममा सहजीकरण गर्न सरकार लागीपरेको छ ।” उद्योग सञ्चालनका लागि आवश्यक कानुन नियमावली परिमार्जनको निम्ति अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको उहाँले बताउनुभयो । 

मुलुकको समृद्धि विकास उद्योगबाट मात्रै सम्भव भएको भन्दै मन्त्री जोशीले राष्ट्रिय हैसियत राख्नेखालका उद्योग सञ्चालनमा ल्याइने बताउनुभयो । राजनीतिक अस्थिरताका कारण उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै उहाँले अब मुलुक आर्थिक उन्नतिमा लम्किएको दाबी गर्नुभयो । हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याई केही वर्षमै सेना, प्रहरी, शिक्षक, निजामती कर्मचारीलगायतका लागि कपडा यहीँ उत्पादन गर्ने बताउनुभयो । 

उद्योग वाणिज्य सङ्घ लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशी, वर्तमान उपाध्यक्ष दिनेश श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो । मन्त्री जोशीले आजै बेसीसहरमा सञ्चालनमा ल्याइएको हुलाकी बेकरी उद्योगको समेत उद्घाटन गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से