कमल रावल | पुस ३, अछाम | साझासवाल कर्मि अछामका प्रतिनिधी रेडियो रामारोशन अछामबाट दुवै जना सम्मानित भएका छन । रेडियो रामारोशन अछाममा पुर्व कार्यरत पुर्ण बहादुर खड्का र व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | पुस ३, अछाम | साझासवाल कर्मि अछामका प्रतिनिधी रेडियो रामारोशन अछामबाट दुवै जना सम्मानित भएका छन । रेडियो रामारोशन अछाममा पुर्व कार्यरत पुर्ण बहादुर खड्का र व"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका साझासबाल कर्मि सम्मानित

३ पुष २०७३, आईतवार १६:४०

कमल रावल | पुस ३, अछाम | साझासवाल कर्मि अछामका प्रतिनिधी रेडियो रामारोशन अछामबाट दुवै जना सम्मानित भएका छन । रेडियो रामारोशन अछाममा पुर्व कार्यरत पुर्ण बहादुर खड्का र वर्तमान कार्यरत कमल कुमार रावल रेडियो रामारोशनको १० औँ वार्षिक उत्सवको अवसरमा सम्मानित भएका हुन ।

रेडियो रामारोशन अछामबाट औपचारिक रुपमा पत्रकारिता सुरु गरेका खड्का र रावलले रेडियो रामारोशनबाट पत्रकारिता सुरु गरेका थिए । लामो समय देखि पुर्ण बहादुर खड्का साझा सवालका अछाम पुर्व सम्पादक र विगत २ वर्ष देखि वर्तमान अवस्थामा कमल कुमार रावल साझासवाल अछामका सम्पादक हुनु हुनुहुन्छ । कमल कुमार रावललाई रेडियो समाचार प्रमुख रहदा जिल्लाको विकास निर्माण, शिक्षा, स्वास्थ्य, कुरिती, कुसंस्कारका विरुद्ध राम्रो काम गरेको र दैनिक रेडियोको काममा उत्कृष्ट काम गरेको अवसरमा सम्मानित गरिएको हो भने पुर्ण खड्कालाई रेडियोको पुर्व प्राविधिक प्रमुख हुदा उत्कृष्ट काम गर्दाको अवसरमा सम्मानित गरिएको हो । पुर्ण खड्का हाल गैरसरकारी संस्थाबाट संञ्चालित नेपालमै नाम कमाउन सफल न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा कार्यरत हुनुहुन्छ । ढाकाटोपि, दोसल्ला पहिराई तथा टिकाग्रहण गर्दै रेडियो रामारोशनका कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैनाले युवा पुस्तामा ठुलो नाम कमाउन सफल रावल र खड्का अछामको पत्रकारितामा एउटा नयाँ आयाम रहेकाले आगामि दिनमा अझै आशा भरोसाका साथ सम्मान गरेको बताउनु भयो ।

आफुले पत्रकारितको प सिकाउदा २ जनामा छुट्टै पहिचान देखेकाले अहिले सम्मान गर्नु पर्ने अवस्था आएको बताउनु भयो । रावल यतिबेला खेलकुद क्षेत्रको पत्रकारितामा दखल राख्नु हुन्छ भने स्वास्थ्य क्षेत्रको अवस्थामा खड्का निकै दखल राख्नु हुन्छ । यस अवसरमा सुदुर संञ्चार नेपाल अछाम तथा रेडियो रामारोशन संञ्चालक समितीका अध्यक्ष एकिन्द्र कुमार कुवर र हाल अमेरिका रहनु भएका दुवै जनाका अभिभावक अग्रज अथवा रेडियोका पुर्व कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्ष विनोद कुमार थापाले प्रगतीको कामना गर्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से