११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

छाउपडी कुप्रथा हटाउन रेडियो रामारोशनको १० औँ वार्षिक उत्सव

४ पुष २०७३, सोमबार ०२:५१

कमल रावल | पुस ४, अछाम | रेडियो रामारोशन अछामले आफनो १० औँ वार्षिक उत्सव छाउपडि कुप्रथा विरुद्धको अभियानको थालनीका साथ मनाएको छ । समाजमा ब्याप्त रहेको छाउपडि कुप्रथालाई हटाउन ९ वर्ष पुरा गरेको अवसरमा महिनावारि भएकी ३ दिनको महिलाको हातबाट केक काटेर वार्षिक उत्सव मनाएको हो । 


ब्रह्म कुमारी ईश्वरिय विश्व विद्यालय अछामका प्रमुख कविताको हात बाट केक कटाई रेडियो रामारोशनका कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैना लगाएत सबै कर्मचारीले प्रसाद तथा टिका ग्रहण गरेका थिए । अछामका थुप्रै सामाजिक आन्दोलन सफल पार्न संञ्चारमाध्यामको तर्फबाट महत्वपुर्ण भुमिका खेलेको रेडियो रामारोशनलाई सुदुरपश्चिममा व्याप्त रहेको छाउपडि कुप्रथालाई विस्थापित गर्नका लागि अभियान अभियान नै संञ्चालन गर्ने भएको छ । समाजमा अझै पनि कतिपय दिदि वहिनीले छाउ गोठमै अकालमा ज्यान गुमाउनु परेकाले अबको रेडियोको खबरदारि सबै दिदिवहिनीलाई सुुरक्षित तरिकाले घरमै बस्न उप्रेरित गराउन यो अभियान बढाईएको रेडियोका कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैनाले बताउनु भयो । अछाम जिल्लामा सन २ हजार ७ बाट छाउपडी कुप्रथा विरुद्ध अभियान थालेपनि सभा गोष्ठिमा मात्र सफल भएकाले आगामि दिनमा जिवनशैलिमा परिवर्तन आउने गराउने उहाँको भनाई छ । 

छाउ अथवा महिनावारी भएका बेला छाउपडी गोठमा बस्ने परम्परा अझै अछाम जिल्लामा कायम रहेको पाईएको छ । सरकारी तथा गैरसरकारी कार्यालयको सहयोग तथा सक्रियतामा अछामका ३१ भन्दा बढी गाबिस तथा नगरपालिकाका विभिन्न वडा छाउपडि गोठमुत्त घोषणा गरिसकिएका छन । अछाममा अझै पनि छाउपडि कुप्रथा चुनौतीको विषय रहेको छ । सुदुर संञ्चार समाज नेपाल अछामद्धारा सञ्चालित सामुदायिक रेडियो रामारोशन २०६३ सालमा स्थापना भई रेडियो रामारोशनले २०६४ साल पौष ३ गते अछामको मगलसेन नगरपालिका वडा नम्बर ६ साविकको जनालिवण्डाली गाबिसको वडा नम्बर १ ठुलासैन बाट औपचारिक रुपमा आफनो प्रशारण आरम्भ गरेको थियो । 

अछाम जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा, पुर्ण खोप युक्त जिल्ला घोषणा गर्न महत्वपुर्ण योगदान गरेको रेडियो रामारोशनले आगामि दिनमा छाउपडी गोठमुक्त, पुर्ण साक्षर, वाल विबाह मुक्त, जातिय तथा भेदभाव मुक्त जिल्ला घोषणा गर्नलाई सफल पार्नका लागि सरोकारवाला सँगको सहकार्य लाई अघि सारेको रेडियोका कार्यकारी निर्देशक बेदप्रकाश तिमिल्सैनाले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह