११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब सवारी चालक अनुमतिको काम भक्तपुरको जगातीबाट

४ पुष २०७३, सोमबार ०३:४७

पुस ४, भक्तपुर । यातायात व्यवस्था विभागले भक्तपुर जगातीबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी कार्यालय सञ्चालनमा ल्याउने भएको छ । 

कार्यालय स्थापनाका लागि घरभाडा सम्झौता भइसकेको र मङ्गलबार कार्यालयको उद्घाटन गरेपछि सेवा सुरु गर्ने भएको छ । विभागका शाखा अधिकृत चिरञ्जीवी सापकोटाले कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधारको तयारी, फर्निचर एवम् फर्निसिङ, विद्युत् जडानको काम भइरहेको जानकारी दिनु भयो । 

उहाँका अनुसार मङ्गलबार सेवा सञ्चालन गरिने भए पनि व्यवस्थित रुपमा सेवा दिन भने त्यसपछि कम्तीमा एकसाता लाग्ने छ । 

कार्यालय जान दक्षिणतर्फ पनि सडक सञ्चालन, पार्किङ र सुरक्षा व्यवस्थापनलगायतका बारेमा छलफल भइरहेको उहाँको भनाइ थियो । उपत्यकामा ललितपुरको एकान्तकुनाबाट मात्र सवारी चालक अनुमतिपत्रसम्बन्धी काम हुँदै आएकोमा त्यहाँबाट मात्र सेवाग्राहीको काम ढिला भएको गुनासो बढेपछि सरकारले उपत्यकाको तीन स्थानमा कार्यालय खोल्ने तयारी गरेकोमा भक्तपुरमा पनि सञ्चालनमा आउने भएको हो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से