२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट कुटनीतिक राहदानी बाहकहरुले मङ्गोलिया जान भिषा लिनु नपर्ने

२०७३, ४ पुष सोमबार ०७:५५

पुस ४, काठमाडौँ । नेपाल र मङ्गोलियाका कूटनीतिक राहदानी भएका र सरकारी अधिकृतले एक अर्को देशमा भ्रमण गर्दा प्रवेशाज्ञा (भिसा) लिनु नपर्ने भएको छ । 

दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सो प्रावधानले कोसेढुङ्गाको काम गर्ने र अगामी दिनमा जनस्तरसम्म सो प्रावधान पुग्न सक्ने परराष्ट्र मन्त्रालयले विश्वास लिएको छ । 

परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र नेपाल भ्रमणमा रहनुभएका मङ्गोलियाका विदेशमन्त्री सेन्ड मुन्ख अर्जिलका बीच आज परराष्ट्र मन्त्रालयमा भएको द्विपक्षीय वार्तापछि सो समझदारी भएको हो । विदेश मन्त्री अर्जिल पहिलोपटक गएराति नेपालको तीनदिने औपचारिक भ्रमणमा नेपाल आउनुभएको थियो । 

नेपाल र मङ्गोलियाका बीच सन् १९६१ जनवरी ५ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । साथै, तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले चीन भ्रमणका क्रममा मङ्गोलिया भ्रमणसमेत गर्नुभएको थियो । 

द्विपक्षीय भेटवार्ता र समझदारी आदानप्रदानपछि परराष्ट्रमन्त्री डा महतले भूपरिवेष्टित देशका सामूहिक चासो र चिन्तालाई अध्ययन गर्न मङ्गोलियाले विज्ञ समूह (थिङ्क ट्याङ्क) गठन गर्न राखेको प्रस्तावलाई नेपालले सहयोग गर्ने र सदस्यतासमेत लिन दुई देशका बीचमा समझदारी भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

नेपालले मङ्गोलियाका सो प्रस्तावलाई संयुक्त राष्ट्र सङ्घको प्रक्रियामार्फत समर्थन, सहयोग र सदस्यता लिने उहाँले बताउनुभयो । मन्त्री डा महतले दुई देशका बीचका सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउँदै लान हरेक दुई÷दुई वर्षका अन्तरालमा परराष्ट्र मन्त्री, सचिव एवम् उच्च सरकारी अधिकृतस्तरमा द्विपक्षीय छलफल गर्नेसमेत समझदारी भएको जानकारी दिँदै यस्ता बैठकले दुई देशको सम्बन्धलाई जनस्तरमा पु¥याउन सहयोग पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो । 

भगवान् गौतमबुद्धको पवित्र जन्मस्थल नेपालको लुम्बिनीमा मङ्गोलियाले स्थापना गर्न लागेको विहारलाई नेपालले सहयोग गर्नेसमेत दुई देशका बीचमा समझदारी भएको उहाँले जानकारी दिनुभयो । 

मन्त्री डा महतले दुई देशका बीचमा जनस्तरमा सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन गर्न यससम्बन्धी आदानप्रदान गर्नसमेत सहमतिपत्रमा हस्ताक्षर भएको बताउनुभयो । 

नेपालले संयुक्त राष्ट्रसङ्घमार्फत शान्ति स्थापनार्थ खेलेको भूमिकालाई मङ्गोलियाले सो अवसरमा उच्च सराहना गर्दै आगामी दिनमा नेपालबाट सो अनुभव सिक्न आफूहरु उत्सुक भएको मङ्गोलियाका विदेश मन्त्रीले जनाउनुभएको मन्त्री डा महतले जानकारी दिनुभयो । 

सो द्विपक्षीय भेटवार्ता र समझदारी आदानप्रदान कार्यक्रममा परराष्ट्र सचिव शङ्करदास बैरागीसहित मन्त्रालयका उच्च अधिकृत तथा मङ्गोलियाका तर्फबाट भ्रमण दलका सहभागी सदस्यको समेत सहभागिता रहेको थियो । 

यसअघि मन्त्री डा महतले मङ्गोलियाका विदेशमन्त्री अर्जिललाई स्वागत गर्दै नेपाल र मङ्गोलियाबीचको सम्बन्धलाई अर्जिलको भ्रमणले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभएको थियो । 

सो अवसरमा मङ्गोलियाका विदेशमन्त्री अर्जिलले अगामी दिनमा मङ्गोलिया र नेपालबीचको सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउन यो भ्रमण भएको बताउनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा