११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आछाममा जिल्ला स्तरिय पढाई मेला प्रदर्शनी कार्यक्रम हुने

४ पुष २०७३, सोमबार १५:४३

कमल रावल । पुस ४, अछाम | अछाम जिल्लामा जिल्ला स्तरिय पढाई मेला प्रदर्शनी कार्यक्रम हुने भएको छ । बालविकास देखि ३ कक्षा सम्मका वालवालिकाका अन्तरनिहित प्रतिभा प्रदर्शन र विदलय बाहिर रहेका वालवालिकालाई वाल विकास तथा विदा्लयमा आउन अभिप्रेरित गर्ने उद्देश्यले मेला हुन लागेको हो । 


आगामि पौष ८ गते शुक्रबार जिल्लाको वालमन्दिर विद्यालयमा युनिसेफको आर्थिक सहयोग, सेतो गुराँस वाल विकास सेवाको आयोजना तथा जिल्ला शिक्षा कार्यालय अछामको सहजिकरणमा हुन लागेको हो । सेतो गुरास वाल विकास सेवा अछामले अछाम स्थित संञ्चार माध्यामका प्रमुखलाई पढाई मेला कार्यक्रमको जानकारी गराएको हो । अछाम जिल्लामा जिल्ला स्तरिय पढाई मेला प्रदर्शनी कार्यक्रम यो दोस्रो पटक हुन लागेको हो । गत वर्ष सदरमुकाम मंगलसेनमा रहेको शोडषा देवि माविमा मेला भएको थियो । सेतो गुरासले आफना अछाम कार्यक्षेत्र भित्रका २६ गाबिसका १ सय ४ विदलयमा मेला सम्पन्न गरिसकेपछि जिल्ला स्तरमा गर्न लागेको जिल्ला कार्यक्रम संयोजक मिना ढुगाँनाले बताउनु भयो । बिशेष मेलामा वालवालिकालाई आकर्षित तथा अभिभावकलाई वालवालिकामा लगानि गर्नु पर्छ भन्ने विषयका थुप्रै क्रिकलापको अवलोकन तथा वालवालिकाका अन्तरनिहित प्रतिभा समेत रहने भएका छन । 

यो वर्ष जिल्लाका उत्कृष्ट ५ विदलयले सहभागिता जनाउने भएका छन । अछाममा कार्यरत कार्यक्रममा सहभागि संञ्चारकर्मिले शिक्षा क्षेत्रको गुणस्तर बृद्धिका लागि सकारात्मक काम भएकाले यसको प्रचारप्रसारका लागि आफनो तर्फ पुर्ण रुपमा सहयोग गर्ने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से