२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कुसंसकारका बिरुद्ध एकजुट हुन एमालेको आव्हान

२०७३, ४ पुष सोमबार १६:०४

कमल रावल | पुस ४, अछाम | अछाम जिल्लाको गाज्रा गाविसमा महिनाबारी भएको बेला छाउपडी गोठमा ज्यान गुमाएको घटनाप्रति नेकपा एमाले अछामले प्रेश बिज्ञप्तीमार्फत दुख व्यक्त गरेको छ । 

गाज्रा गाविस वडा नम्बर ७ का भरत तिरुवाकी छोरी १५ बर्षीया रोशनी तिरुवाको छाउगोठमै ज्यान गएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतक रोशनी प्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन प्रति समवेदना अपर्ण गर्दै नेकपा एमाले अछामले प्रेस बिज्ञप्ती निकालेको हो । पार्टी अध्यक्ष शेरबहादुर कुँवरद्धारा हस्ताक्षरित बिज्ञप्तीमा यस्ता सामाजिक कुसंसाकार र कुप्रथाले अछाम र अछामीको प्रतिष्ठामा समेत आँच आएको र यसको अन्त्यका लागि सबै जुट्नुुपर्ने उल्लेख छ । समाजका यस्ता कुसंस्कार र कुप्रथाका बिरुद्ध नेकपा एमाले बिगत लामो समय देखि निरन्तर लागिरहेको र बिभिन्न खाले संघर्ष गर्दै आईरहेको उल्लेख छ । बिज्ञप्ती मार्फत अहिले एमालेले संविधानको कार्यान्वयन, राष्ट्रिय एकता र स्वाभिमानका लागि अभियानमा जुटिरहेको र यो अभियानमा लैंगिक हिंसा, महिला अधिकार, जातिय छुवाछुत लगायतका सामाजिक विकृति र बिसंगतीका बिरुद्ध गाउँ गाउँमा शशक्त आवाज उठाईरहेको बताईएको छ । जनपरिचालन अभियानमा सम्पूर्ण पार्टी पंक्ति, समाजसेवि बुद्धिजिवि, सरकारी गैरसरकारी कार्यालय, आम अछामबासी दाजुभाई दिदीबहिनीमा यस कुप्रथाको अन्त्यका लागि एकताबद्ध भई लाग्नहुन र आगामी दिनमा यस्ता घटना दोहरीन नदिन सबै पक्षबाट सकारात्म पहलको अपेक्षा गरेको बिज्ञप्तीमा जनाईएको छ । 

बिज्ञप्तीमार्फत सम्पूर्ण अभिभावकमा समेत आफ्ना छोरी, बुहारी, श्रीमतिलाई छाउगोठमा नपठाउन समेत अपिल गरिएको छ । गत मंसिर ४ गते जिल्लाको तिमिल्सैन गाविस वडा नम्बर ७ मा २६ बर्षीया डम्बरा उपाध्यायको ज्यान गएको थियो भने पौष ३ गते गाज्रा गाविसमा रोशनीको छाउगोठमै ज्यान गएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन