२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैया प्रहरीद्धारा तीन बिघाह भन्दा बढीको गाँजा फडानी

२०७३, ४ पुष सोमबार १६:२०

राम नारायण पंडित | पुस ४, सिरहा | सिरहाको विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई प्रहरीले तिव्रता दिएको छ । 

ईलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यको कमाण्डमा खटिएको प्रहरीको गस्ति टोलीले बिभिन्न स्थानमा लगाइएको करीब साढे ३ बिघाको अबैध गाजा खेती नष्ट गरेको हो । मिर्चैया नगरपालिका ८ रामपुरा, ९ सुन्दरपुर र कालाबन्जार ३ मा लगाईएको करीब साढे ३ विघाको अबैध गाँजा खेती फडानी गरी सोमवार नष्ट गरिएको प्रहरीले बताए । गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकोले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिए सम्म फडानी कार्य जारी रहने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) बज्राचार्यले बताए । कृषकहरुले व्यवसायिक रुपमा गाँजा खेति गर्ने गरेको पाईएको र आम्दानीको श्रोत गाँजा भएकाले गाँजा खेती गर्नु गैरकानुनी रहेको उनले वताए । 

गाँजा फडानी कार्य वर्षेनी गरिने भएकाले कृषकहरुलाई गाँजा खेतीलाई त्यागेर अरु वाली लगाउन तर्फ लाग्नु पर्ने डिएसपी बज्राचार्यको धारणा रहेको छ । गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाही हुने उनले वताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन