२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्राम्हणले नै कन्यदान गरेर छोरी बिश्वकर्मालाई दिएपछि…

५ पुष २०७३, मंगलवार ०९:०४

प्रेम सुनार/पूस ५, गुल्मी । जन्मे देखि ५० वर्षको उमेर सम्म चरम जातिय विभेद र छुवाछुत प्रथाले पिडित हुुँदै आएका गुल्मी अर्वेनी–२ का ईन्द्रबहादुर सुनारका चार भाई छोराहरुले भने त्यो विभेदलाई तोड्दै स्वजातिय देखि  विविन्न जात–जातिका युवतीहरु संग अन्तरजातिय विवाह गरेका छन् ।

जेठा छोरा चन्द्रले स्वजातिय युवती संग विवाह गरेका छन् । माईला छोरा मनोजले चौधरी थरीकी युवती संग विवाह गरेका छन् ।  साईला छोरा रमेशले हमाल थरकी र कान्छा छोरा सुर्यले श्रेष्ठ थरीकी युवती विवाह गरे पछि  उनका चार भाई छोराका चार जात वुहारी बनेका हुन् । 

विभिन्न चार जात–जातीका छोरीहरु एउटै घरका वुहारी बनेर मिलेर बसेको ईन्द्रबहादु बताउँछन् । ‘कथित माथील्ला जातीले गाउँमा अझै पनि धारामा पानीको गाग्री छुईन्छ कि भनेर तिर्कन्छन तर उनिहरु जस्तै गैह्र दलित युवतीहरु मेरा छोराहरुका अर्धङ्गनी बनेका छन्’ उनिहरुका लागि यो लोप्पा  पनि हो । ’

त्यसबाट जातिय विभेदका कट्टरवादीहरुलाई राम्ररी झट्का पुगेको उनी बताउँ छन् ।  त्यसो त अर्वेनी २ मै अर्का एक दलित युवा संग व्राम्हण समुदायकै माईतीजनले मन्दिरमै आएर छोरीको कन्यादान गराई दिए पछि त्यहाँका कट्टरवादीहरु तिन छक परेका छन् ।

अर्वेनी २ का लालबहादुर सुनारका छोरा तिलक सुनार संग अस्लेवाका टिकाराम पाण्डेकी छोरी देवि पाण्डे संग अर्वेनीको शिरमा रहेको शिद्धवाव मन्दिरमा विवाह गराईएको हो ।  छोरीको कन्यादान गराई दिन वावु टिकाराम  आमा, दाजु भाई दिदी वहिनीहरु समेत आएको सुनार परिवार बताउँ छन् । त्यसो त केहि महिना अघि गुल्मी कै तम्घासका एक दलित युवालाई पनि पाल्पा अर्गेलीको श्रेष्ठ परिवारले आफ्नो आँगन मै पाउ पुजेर छोरी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव