२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ लाख बढी भुकम्प पिडितसँग अनुदान सम्झौता, ४ लाख भन्दा बढीले पहिलो किस्ता पाए

२०७३, ५ पुष मंगलवार ०९:२९

ताराबहादुर महत/पूस ५, दोलखा । राष्ट्रिय पुननिमार्ण प्राधिकरणले निजी आवास पुननिमार्णका लागि अनुदान सम्झौता र पहिलो किस्ता  रकम निकाशालाई तिव्रतापुर्वक अघि बढाएको छ ।

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले दिएको तथ्याङ्क अनुसार आज (पौष ५) सम्म भुकम्प अति प्रभावित १४ जिल्लामा ५ लाख ४२ हजार १ सय ७७ घरधुरीसँग अनुदान सम्झौता भएको छ । 

अनुदान सम्झौता भएका मध्ये ४ लाख ५२ हजार ७ सय ९०परिवारले पहिलो किस्ताको ५० हजार रुपिँयाका दरले रकम बुझिसकेको मन्त्रालयका सह सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो । भुकम्प अति प्रभावित १४ जिल्ला मध्ये काठमाण्डौं उपत्यकाकोभक्तपुर जिल्लामा १८ हजार ९ सय ८४ घरधुरीसँग अनुदान सम्झौता सकिएको भएपनि पहिलो किस्ताको रकम वितरण शुरु हुन सकेको छैन ।

अहिलेसम्म १४ जिल्लाका २ लाख ३ हजार ८ सय ९८ जनाले भुकम्प पिडित भएर पनि लाभग्राहिको सुचीमा नाम नपरेको भनी गुनासो दर्ता गरेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

अनुदान वितरण सम्बन्धी परिमार्जित कार्यविधिको स्वीकृतका सम्बन्धमा राष्ट्रियपुनर्निर्माण प्राधिकरणलाई अर्थ मन्त्रालयले २०७३ साल पुष ३ गतेकोउपप्रधानमन्त्री स्तरको निर्णय अनुसार सहमति उपलब्ध गराएको छ । सहमतिप्राप्त बमोजिम कार्यविधि स्वीकृतिका लागि प्राधिकरणले प्रधानमन्त्री तथामन्त्रिपरिषद्को कार्यलयामा पेश गरेको छ । 

मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृतभएपछि निजी आवास पुनर्निर्माणका लागि उपलब्ध गराइने दास्रो किस्ताकोभुक्तानी, गुनासो प्रणालीमा आएका गुनासाहरुको विश्लेषण सहितको परिणामसार्वजनिक गर्न र सम्बोधन गर्न सहज हुने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ । पहिलो किस्ताको रकम पाएर घर बनाउन शुरु गरेका भुकम्प पिडितहरुले दोश्रो किस्ताको रकम नपाउँदा समस्यामा परेको गुनासो गरीरहेका छन् ।

यसैबिच दोलखामा ४६ हजार ७ सय  ९० घरधुरीसँग अनुदान सम्झौता भएकोमा ४५ हजार ७ सय ४० परिवारले मात्र पहिलो किस्ताको ५० हजार रुपिँया बुझेका छन । दोलखामा ५१ हजार ७ सय ६२ घरधुरी लाभग्राहीको सुचीमा परेका छन भने २१ हजार ७ सय १२ जनाले आफ्नो घरधुरी लाभग्राहीको सुचीमा नपरेको भन्दै गुनासो दर्ता गरेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह