३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ लाख बढी भुकम्प पिडितसँग अनुदान सम्झौता, ४ लाख भन्दा बढीले पहिलो किस्ता पाए

५ पुष २०७३, मंगलवार ०९:२९

ताराबहादुर महत/पूस ५, दोलखा । राष्ट्रिय पुननिमार्ण प्राधिकरणले निजी आवास पुननिमार्णका लागि अनुदान सम्झौता र पहिलो किस्ता  रकम निकाशालाई तिव्रतापुर्वक अघि बढाएको छ ।

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले दिएको तथ्याङ्क अनुसार आज (पौष ५) सम्म भुकम्प अति प्रभावित १४ जिल्लामा ५ लाख ४२ हजार १ सय ७७ घरधुरीसँग अनुदान सम्झौता भएको छ । 

अनुदान सम्झौता भएका मध्ये ४ लाख ५२ हजार ७ सय ९०परिवारले पहिलो किस्ताको ५० हजार रुपिँयाका दरले रकम बुझिसकेको मन्त्रालयका सह सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो । भुकम्प अति प्रभावित १४ जिल्ला मध्ये काठमाण्डौं उपत्यकाकोभक्तपुर जिल्लामा १८ हजार ९ सय ८४ घरधुरीसँग अनुदान सम्झौता सकिएको भएपनि पहिलो किस्ताको रकम वितरण शुरु हुन सकेको छैन ।

अहिलेसम्म १४ जिल्लाका २ लाख ३ हजार ८ सय ९८ जनाले भुकम्प पिडित भएर पनि लाभग्राहिको सुचीमा नाम नपरेको भनी गुनासो दर्ता गरेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

अनुदान वितरण सम्बन्धी परिमार्जित कार्यविधिको स्वीकृतका सम्बन्धमा राष्ट्रियपुनर्निर्माण प्राधिकरणलाई अर्थ मन्त्रालयले २०७३ साल पुष ३ गतेकोउपप्रधानमन्त्री स्तरको निर्णय अनुसार सहमति उपलब्ध गराएको छ । सहमतिप्राप्त बमोजिम कार्यविधि स्वीकृतिका लागि प्राधिकरणले प्रधानमन्त्री तथामन्त्रिपरिषद्को कार्यलयामा पेश गरेको छ । 

मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृतभएपछि निजी आवास पुनर्निर्माणका लागि उपलब्ध गराइने दास्रो किस्ताकोभुक्तानी, गुनासो प्रणालीमा आएका गुनासाहरुको विश्लेषण सहितको परिणामसार्वजनिक गर्न र सम्बोधन गर्न सहज हुने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ । पहिलो किस्ताको रकम पाएर घर बनाउन शुरु गरेका भुकम्प पिडितहरुले दोश्रो किस्ताको रकम नपाउँदा समस्यामा परेको गुनासो गरीरहेका छन् ।

यसैबिच दोलखामा ४६ हजार ७ सय  ९० घरधुरीसँग अनुदान सम्झौता भएकोमा ४५ हजार ७ सय ४० परिवारले मात्र पहिलो किस्ताको ५० हजार रुपिँया बुझेका छन । दोलखामा ५१ हजार ७ सय ६२ घरधुरी लाभग्राहीको सुचीमा परेका छन भने २१ हजार ७ सय १२ जनाले आफ्नो घरधुरी लाभग्राहीको सुचीमा नपरेको भन्दै गुनासो दर्ता गरेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही