२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लामा जडिबुटी बोकेको टयाक्टर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा वेपत्ता

२०७३, ५ पुष मंगलवार ११:५१

नन्दराम जैशी/पुस ५, जुम्ला । डोल्पादेखि जुम्ला खलंगातर्फ आउँदै गरेको टयाक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

डोल्पादेखि जुम्ला आउदै गरेको भे १ त ६८४२ नम्बरको टयाक्टर गोठीचौर– ६ कालिसाघु स्थित खोलामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार डोल्पा रिमि गाविस ८ का ३५ बर्षिय लंक बहादुर रोकायाको मृत्यु भएको हो । दुर्घटनामा मृतक लंक रोकायाका छोरा उमेर नखुलेका निर्दोष रोकाया भने वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका कन्ट्रोललर प्रहरी जवान भद्र रावलले जानकारी दिनुभयो ।         

 सोहि दुर्घटनामा डोल्पा रिमि गाविस ८ कि १७ बर्षिय मिरा बुढा गम्भीर घाइते भएकी छन् । घाइते बुढाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भैरहेको जनाइएको छ । ट्याक्टर डोल्पाबाट जुम्लातर्फ जडिबुटी लिएर आउँदै गरेको थियो । 

वेपत्ता निर्दोष रोकायाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । टयाक्टर चालक जुम्ला लाम्रा गाविस १ श्रिनगरका गणेश डाँगी फरार रहेको र जडिवुटी व्यापारीलाई जिल्ला प्रहरी कार्यालय जुम्लामा झिकाइएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह