३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिवारी हत्या आशङ्कामा तीनजना नियन्त्रणमा

५ पुष २०७३, मंगलवार १४:४६

पुस ५, बुटवल । युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले आज देवदह क्षेत्रबाट तीनजनालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा नियन्त्रणमा लिएका तीनैजनासँग सोधपुछ गरिरहेको र घटनासँग सम्बन्धित अन्य पक्षमा समेत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो । 

यस्तै, प्रहरीले आक्रमणकारीले आक्रमणका क्रममा प्रयोग गरेको मोटरसाइकलसमेत फेला परेको छ । घटनास्थल देवदहको खैरहनी बजारबाट दक्षिण पश्चिमी क्षेत्र मणिग्रामको कान्छीबजारमा बेवारिसे अवस्थामा बा ५१ प ८०७३ नंको मोटरसाइकल बरामद भएको प्रनाउ मरासिनीले बताउनुभयो । 

बरामद मोटरसाइकल एकसय ५० सिसीको रातो रङ्गको छ । घटनापश्चात् भित्री बाटोको प्रयोग गर्दै भागेका आक्रमणकारीले मुख्य राजमार्गमा प्रहरी गस्ती देखेपछि मोटरसाइकल स्टार्ट अवस्थामै छाडेर भागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मोटरसाइकल चालकले हतारमा मोटरसाइकलबाट साँचोसमेत ननिकाली स्टार्ट अवस्थामै छाडेर भागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

मोटरसाइकल फेला परेको स्थान अनुसार अपराधीले गोली हानेर घटनास्थलबाट दक्षिण पश्चिमी क्षेत्रतर्फ भागेको अनुमान गरिएको प्रनाउ मरासिनीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले घटनालाई गम्भीरताका साथ अनुसन्धान गरिरहेका छौँ, दोषीलाई छिट्टै पक्राउ गर्छौं ।” 

यसैबीच, तिवारीको गोली हानी हत्या गरेको विरोधमा नेकपा (एमाले) निकट युवा तथा विद्यार्थीले आज दिनभर रुपन्देहीमा विरोध प्रदर्शन गरेका छन् । विरोध कार्यक्रमअन्तर्गत आजदेखि लुम्बिनी अञ्चलका जिल्ला बन्दले जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही