कृष्ण कँडेल/पुस ६, बागलुङ । तपाई यात्रामा कतै बाहिर जाँदै हुनुन्छ भने अब टिकट काट्नका लागि बसपार्क र टिकट काउन्टरसम्म पुग्नु पर्दैन । बसको टिकट घरमै बसेर अनलाईनबाटै लिन सक्नु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल/पुस ६, बागलुङ । तपाई यात्रामा कतै बाहिर जाँदै हुनुन्छ भने अब टिकट काट्नका लागि बसपार्क र टिकट काउन्टरसम्म पुग्नु पर्दैन । बसको टिकट घरमै बसेर अनलाईनबाटै लिन सक्नु"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब अनलाईनमै बसको टिकट बुकिङ गर्न सकिने

६ पुष २०७३, बुधबार ०३:४७

कृष्ण कँडेल/पुस ६, बागलुङ । तपाई यात्रामा कतै बाहिर जाँदै हुनुन्छ भने अब टिकट काट्नका लागि बसपार्क र टिकट काउन्टरसम्म पुग्नु पर्दैन । बसको टिकट घरमै बसेर अनलाईनबाटै लिन सक्नुहुन्छ । 

ईन्टरनेटमा नागरिकको पहुँच बढेको र समयको बचत गरि कम जनशक्तिबाटै गुणस्तरिय सेवा दिने उदेश्यलले रोडवेज टुर्स एण्ड ट्राभल्स प्रालि बागलुङले अनलाईनबाट टिकट सुरु गरेको छ । यातायात व्यवसायलाई प्रविधिमैत्री, गुणस्तरिय र मर्यादित बनाउन ईसेवा एप्लिकेशन मार्फत भुक्तानी गर्ने  गरि अनलाईनबाट टिकट लिन सकिने गरि व्यवस्था गरिएको रोडवेज टुर्स एण्ड ट्राभल्स प्रालिका प्रबन्ध निर्देशक उमेश केसीले बताए । 

बससेवा डटकम अनलाईन साईटसँगको सहकार्यमा अनलाईन टिकट प्रणाली प्रयोगमा ल्यार्ईएको हो । साईटमा गएर त्यहाँ मागिएको जानकारी भरेपछि ईसेवा मार्फत भुक्तानी गरि सिट नम्बर सहितको टिकट बुकिङ गर्न सकिने केसीले बताए । 

‘प्रविधिमा भएको विकासले मानिसको जीवनलाई सहज, सरल र स्तरिय बनाएको छ ।’ केसीले भने, ‘यातायात सेवालाई पनि यात्रुको माग अनुसार सुविधायुक्त र मर्यादित बनाउन प्रविधिको प्रयोग अनिवार्य छ, त्यसैले हामीले गुणस्तरिय सेवा सहित टिकटपनि अनलाईनबाटै लिन सकिने बनाएका हौँ ।’

अनलाईनबाट टिकट लिनेलाई भाडामा एक सय रुपैयाँ छुट रहेको छ । अनलाईन टिकट प्रणालीलाई प्रोत्साहन गर्न छुटको व्यवस्था गरिएको केसीले बताए । 


रोडवेज टुर्स एण्ड ट्राभल्स प्रालि सात महिना पहिले दार्ता भएर मंसिर १ गतेदेखि बागलुङ–काठमाण्डौ रुटमा शौचालय जडित एसीयुक्त, एयरसपेन्सर, मिनिबार, वाइफाई सुविधा रहेका बस सञ्चालनमा ल्याएको छ । बागलुङ–काठमाण्डौ रुटको भाडा १ हजार २ सय रुपैयाँ कायम गरिएको छ । 

भाडामा ज्यष्ठ नागरिकलाई ५० प्रतिशत र अपाङ्गता भएकालाई ३३ प्रतिशत छुट दिईन्छ । 

अहिले रोडवेजले ३ करोडको लागतमा ३ ओटा बस सञ्चालनमा ल्याएको छ भने तत्काल थप पाँच ओटा गाडी थप्ने तयारी गरेको छ । त्यसका लागि ७ करोड लगानी आबश्यक पर्ने कम्पनीले जनाएको छ ।  कम्पनीले लगत्तै बागलुङ–वुटवल–सुनौली रुटमा पनि सौचालय जडित विशेष सुविधायुक्त बस सञ्चालन गर्ने तयारी छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह