पुस ६, रुपन्देही । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्या पश्चात परिवार शोकमा डुबेको छ ।

तिवारीको गत पुस ४ गते रुपन्देहीको पुर्वी क्षेत्रमा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ६, रुपन्देही । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्या पश्चात परिवार शोकमा डुबेको छ ।

तिवारीको गत पुस ४ गते रुपन्देहीको पुर्वी क्षेत्रमा प"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिवारीका दुई छोरीको एउटै प्रश्न- हाम्रो बाबा खोई ?

२०७३, ६ पुष बुधबार ०८:५७

पुस ६, रुपन्देही । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्या पश्चात परिवार शोकमा डुबेको छ ।

तिवारीको गत पुस ४ गते रुपन्देहीको पुर्वी क्षेत्रमा पर्ने देवदहको खैरेनीमा अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । तिवारीको अवोध दुई छोरी, श्रीमती र आमा रहेका छन् । तिवारी ४ दाजु भाइ मध्ये कान्छा छोरा हुन् । तिवारीको हत्या संगै परिवारमा सन्नाटा छाएको छ ।

तिवारी हत्याको पीडामा श्रीमती रेणुको अवस्था ज्यादै कमजोर बनको छ भने छोरीहरु ६ बर्षकी रितिका र ४ बर्षकी दिपिकाले बारम्बार बाबा खोई भन्दै सोध्ने गरेका छन् । घरमा पुग्ने हरेक मानिससँग छोरीहरुको एउटै प्रश्न हुन्छ– हाम्रो बाबा खोई ? स्थानिय मन्टेश्वरीमा पढ्ने साना नानीहरुको प्रश्नले त्यहाँ पुग्ने हरेकको आँखा रसाउने गरेको छ ।

श्रीमती रेणुको आँखा ओभाएको छैन । अर्धचेत अवस्थामा उनी घरी सडकमा हेर्छिन त घरी छोरीहरु समातेर रुन्छिन । उसो त आमाको अवस्था पनि उस्तै छ । दाजुहरु हरी प्रसाद, जगदिश र चक्रपाणी तिवारीले भाइको हत्यारालाई कार्वाहीको लागि सरकारसाग माग गरेका छन् ।


तिवारीको शव लुम्बीनी अञ्चल अस्पतालमा राखिएको छ । पोस्टमार्टमा सकिए आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दियो । परिवारले देवदहको कुनै स्थानमा सालिक निर्माण गर्न, मृतकलाई शहिद घोषणा गर्नु पर्ने माग राखेको छ ।

यता प्रहरीले हत्यामा एमालेकै पूर्व क्षेत्रीय कोषाध्यक्ष मनोज पुनको संलग्नता रहेको आशंका गरेको छ । उनीसँग तिवारीको व्यक्तिगत रिसिइबी रहेको तथा विगतमा पनि हत्याको प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । उनी फरार छन् । 

उनी आफैंले नभई नगरी गुण्डा परिचालन गरी तिवारीको हत्या गरेको आशंका प्रहरीको छ । घटनामा संलग्न रहेको आशंकामा रुपन्देही प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । फरार रहेका पुन भने भारतमा रहेको प्रहरी अनुमान छ ।

यसैबीच तिवारी हत्याको विरोधमा गरिएको बन्दका कारण आज पनि रुपन्देही आसपासका क्षेत्रमा यातायातका साथका साथै शैक्षिक संस्था, उद्योग कलकारखाना बजारलगायत ठप्प छन् । टंक सुनारको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह