पुस ६, रुपन्देही । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्या पश्चात परिवार शोकमा डुबेको छ ।

तिवारीको गत पुस ४ गते रुपन्देहीको पुर्वी क्षेत्रमा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ६, रुपन्देही । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्या पश्चात परिवार शोकमा डुबेको छ ।

तिवारीको गत पुस ४ गते रुपन्देहीको पुर्वी क्षेत्रमा प"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिवारीका दुई छोरीको एउटै प्रश्न- हाम्रो बाबा खोई ?

६ पुष २०७३, बुधबार ०८:५७

पुस ६, रुपन्देही । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्या पश्चात परिवार शोकमा डुबेको छ ।

तिवारीको गत पुस ४ गते रुपन्देहीको पुर्वी क्षेत्रमा पर्ने देवदहको खैरेनीमा अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । तिवारीको अवोध दुई छोरी, श्रीमती र आमा रहेका छन् । तिवारी ४ दाजु भाइ मध्ये कान्छा छोरा हुन् । तिवारीको हत्या संगै परिवारमा सन्नाटा छाएको छ ।

तिवारी हत्याको पीडामा श्रीमती रेणुको अवस्था ज्यादै कमजोर बनको छ भने छोरीहरु ६ बर्षकी रितिका र ४ बर्षकी दिपिकाले बारम्बार बाबा खोई भन्दै सोध्ने गरेका छन् । घरमा पुग्ने हरेक मानिससँग छोरीहरुको एउटै प्रश्न हुन्छ– हाम्रो बाबा खोई ? स्थानिय मन्टेश्वरीमा पढ्ने साना नानीहरुको प्रश्नले त्यहाँ पुग्ने हरेकको आँखा रसाउने गरेको छ ।

श्रीमती रेणुको आँखा ओभाएको छैन । अर्धचेत अवस्थामा उनी घरी सडकमा हेर्छिन त घरी छोरीहरु समातेर रुन्छिन । उसो त आमाको अवस्था पनि उस्तै छ । दाजुहरु हरी प्रसाद, जगदिश र चक्रपाणी तिवारीले भाइको हत्यारालाई कार्वाहीको लागि सरकारसाग माग गरेका छन् ।


तिवारीको शव लुम्बीनी अञ्चल अस्पतालमा राखिएको छ । पोस्टमार्टमा सकिए आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दियो । परिवारले देवदहको कुनै स्थानमा सालिक निर्माण गर्न, मृतकलाई शहिद घोषणा गर्नु पर्ने माग राखेको छ ।

यता प्रहरीले हत्यामा एमालेकै पूर्व क्षेत्रीय कोषाध्यक्ष मनोज पुनको संलग्नता रहेको आशंका गरेको छ । उनीसँग तिवारीको व्यक्तिगत रिसिइबी रहेको तथा विगतमा पनि हत्याको प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । उनी फरार छन् । 

उनी आफैंले नभई नगरी गुण्डा परिचालन गरी तिवारीको हत्या गरेको आशंका प्रहरीको छ । घटनामा संलग्न रहेको आशंकामा रुपन्देही प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । फरार रहेका पुन भने भारतमा रहेको प्रहरी अनुमान छ ।

यसैबीच तिवारी हत्याको विरोधमा गरिएको बन्दका कारण आज पनि रुपन्देही आसपासका क्षेत्रमा यातायातका साथका साथै शैक्षिक संस्था, उद्योग कलकारखाना बजारलगायत ठप्प छन् । टंक सुनारको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही