दलसिंह गिरी | पुस ६, कालिकाेट | जिल्लाभर विगतका गाउँ परिषदहरुमा राजैनितिक दलहरुलाई प्रमुख आथित्ययता बनाउने र गाविस सचिव वा गाविस कार्यालयमा कार्यरत कर्मचारीले गाउ परिषद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | पुस ६, कालिकाेट | जिल्लाभर विगतका गाउँ परिषदहरुमा राजैनितिक दलहरुलाई प्रमुख आथित्ययता बनाउने र गाविस सचिव वा गाविस कार्यालयमा कार्यरत कर्मचारीले गाउ परिषद"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

महिलाले पनि गर्न सक्छन, भन्ने भावनाकाे बिकास अावश्यक

२०७३, ६ पुष बुधबार १६:५५

दलसिंह गिरी | पुस ६, कालिकाेट | जिल्लाभर विगतका गाउँ परिषदहरुमा राजैनितिक दलहरुलाई प्रमुख आथित्ययता बनाउने र गाविस सचिव वा गाविस कार्यालयमा कार्यरत कर्मचारीले गाउ परिषद संचालन गर्ने परिपाटीलाई तोड्दै जिल्ला सदरमुकाम मान्म देखि उत्तर तर्फ पर्ने फुकोट गाविसले नयाँ परिपाटी थालनी गरेको छ । गणतन्त्र स्थापना पछिको नवौं गाउपरिषद उद्घाटन तथा बजेट सार्वजनिकिकरण कार्यक्रमका लागि प्रमुख अथिति चयनमा गाविसमा कृयाशिल राजनैतिक दलहरुको विवाद नमिलेपछि गाविस सचिव छक्क बहादुर शाहीकै अध्यक्षता एवं प्रमुख आथित्यतामा गाउँ परिषद सम्पन्न गर्दैै नयाँ थालनी गरेको हो । 

विगत बर्षका कुनैपनि गाउ परिषद उद्घाटनको संचालन महिलाहरुले नगरेको रेकर्ड फुकोट गाविसका महिलाले तोडेका छन् । फुकोटकी स्थानीय अगुवा महिला कोपीला संज्याल बरालले नवौं गाउपरिषदको उद्घाटनसत्र संचालन गरेकी छन् । उद्घोषण क्षेत्रमा जिल्लामै नगन्य मात्रामा रहेको महिलाको संख्यामा एउटा इटा थपेको महशुस भएको स्थानीय बुद्धिजीवीहरुले बताएका छन् । 

विगत केही बर्ष पहिले गैरसरकारी संस्थामा सामाजिक परिचालकको रुपमा काम गर्दै आइरहेकी संज्यालले बजेट सार्वजनिकिकरण कार्यक्रम समापन पश्चात महिलाले अवसरपाए जुनसुकै काम गर्न सक्छन् भन्ने चेतना सबैमा जाग्नु आजको आवश्यकता रहेको बताए कि छन् । केन्द्रमा जस्तै स्थानीय स्तरमा पनि राजनैतिकदलहरु आफ्नो बर्जस्व कायम राख्न तछाड मछाड गर्ने परिपाटी कायम रहेको बताउदै यस्तो परिपाटीको अन्य नभएसम्म गाविसको मात्र हैन सिंगो देशकै विकास हुन नसक्ने बताएकी छन् । आफ्नै गाविसको भाग्य रेखा कोर्ने परिषदको संचालन गर्ने जिम्मा पाएकोमा आफु भाग्यमानी ठानेको समेत बताएकी छन् । 

गाविस सचिव छक्क बहादुर शाहीको अध्यक्षतामा संचलित परिषदको बजेट सार्वजकिनिकरण गर्दै सचिव शाहीले चालु आव २०७३÷०७४ को चालु तर्फ १ करोड ३८ लाख ४६ हजार ५ सय र पुजीगत तर्फ ५० लाख ४७ हजार ३ सय बजेट परिचालन भैरहेको बताएका छन् यसै गरी आर्थिक बर्ष २०७४÷०७५ को अनुमानित बजेट चालु तर्फ १ करोड ५१ लाख ४ सय ७० र पुजीगत तर्फ ५१ लाख ५२ हाजर ५ सय विनियोजन गरिएको बताएका छन् । प्रस्तावित तर्फको चालु बजेट विशेष गरी शिक्षा, कृषि, सरसफाई, क्षेमता विकास, विपद ब्यवस्थापन लगायतका क्षेत्रमा छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन