११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वित्तिय साक्षरता कक्षाले बचत गर्न सिकायो

७ पुष २०७३, बिहीबार १२:४८

डिल्लीराज रावत/पुस ७, सल्यान । दमाचौर ७ अत्तरकाँडामा वित्तिय साक्षरता कक्षा लिइसकेपछि त्यहाँका स्थानियहरुले नयाँ कुरा सिकेका छन ।

कमाइ पछि खर्च अनि बचेकोलाई राख्ने उनिहरु अव आफ्नो कमाइ पछि बचत गरेर मात्रै खर्च गर्ने भन्नेबारे राम्ररी सिकेका हुन । अव उनिहरुले आफ्नो कमाईको केहि भाग बचत गरेर मात्रै खर्च गर्नेकुराको जानकारी आफुमा आएको बताएका छन । 

पाथिभरा कृषक समूहको रुपमा संगठित उनिहरुलाई पहलले बैकल्पिक जिविको पार्जन अन्तरगत वित्तिय साक्षरता कक्षा दिएको हो । 

२६ दिन सम्म चलेको साक्षरता कक्षा लिइसकेकपछि उनिहरुले कमाइ भनेको के हो ?, खर्च कसरी गर्ने ? फजुल खर्च कस्तो हुदो रहेछ ? आफ्नो आवश्यकतामा कुन चिज छ ? भन्नेबारे राम्ररी जानेका छन । 

वित्तिय साक्षरता कक्षा लिइसकेपछि दमाचौर ७ कै रेशम बुढाले ऋण लिदा के काममा लिने हो ? ऋण लिएको रकमले के गरेपछि फाइदा दिन्छ ? समयमा व्याज नबुझाए के हुन्छ ? भन्ने बारेमा पनि जानकारी पाएको बताएका छन । जिवनमा आफुहरुले सधै कमाउने अनि खर्च मात्रै गर्ने भएकाले गरिव हुनुपरेको भन्नेमा पनि उनिहरु जानकार बनेका छन । कमाएपछि बचत पहिला हुनुपर्ने उनिहरुको भनाइ छ । 

तालिममा सहभागि भएकी सीता राना पनि वित्तिय साक्षरता कक्षामा वचत, आम्दानी, खर्च कुन कुरामा पैसाबाट कसरी पैसा कमाउने भन्दै आफुले कमाएर बचाएको पैसाले बुढेसकाल र भविष्यमा काम दिने रहेछ भन्ने बारे बुझेको बताइन । ऋण धेरै लिएपछि के हुन्छ र कति लिनुपर्छ अनि लिएको ऋण कहाँ लगाउनुपर्छ भन्नेबारे आफुहरुलाई राम्ररी जानकारी भएको उनले बताइन । 

२६ दिनसम्म साक्षरता कक्षा लिइसकेपछि सहभागिहरुले आफ्ना कुरा निर्धक्क राख्न सकेको वित्तिय साक्षरता कक्षाका लागि खटिएकि तारा खड्काले जानकारी दिएकि छन ।  

साक्षरता कक्षामा अन्य व्यवसाय गरी बैदेशिक रोजगारलाइ कसरी कम गर्न सकिन्छ र गएपनि कुन माध्यामबाट सजिलो हुन्छ भन्नेबारेमा पनि सचेतना गराइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह