कमल रावल/पुस ७, अछाम । अछाममा रहेको छाउपडि कुप्रथा अन्त्यका लागि अछाम जिल्लाका महिला अधिकारकर्मिले जिल्ला प्रशासन कार्यालय अछाम मार्फत प्रधानमन्त्रीको कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/पुस ७, अछाम । अछाममा रहेको छाउपडि कुप्रथा अन्त्यका लागि अछाम जिल्लाका महिला अधिकारकर्मिले जिल्ला प्रशासन कार्यालय अछाम मार्फत प्रधानमन्त्रीको कार्य"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

छाउपडि कुप्रथा अन्त्यको माग गर्दै अछामका महिलाहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाए

७ पुष २०७३, बिहीबार १३:११


कमल रावल/पुस ७, अछाम । अछाममा रहेको छाउपडि कुप्रथा अन्त्यका लागि अछाम जिल्लाका महिला अधिकारकर्मिले जिल्ला प्रशासन कार्यालय अछाम मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ध्यानाकर्षण पत्र पठाएका छन । 

छाउपडी कुप्रथा जस्ता सामाजिक प्रथा कायमै रहेको भन्दै केहि दिन अघि जिल्लाको तिमिल्सैना गाबिसमा डम्मरा उपाध्याय र ग्राजाकी रोशनी तिरुवाको छाउगोठमै ज्यान गुमाउनु परेकाले ध्यानाकर्षण पत्र बुझाएका हुन । 

महिला अधिकारकर्मि विन्दु रावलको नेतृत्वमा गएको टोलिले निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाललाई ध्यानाकर्षण पत्र बुझाउदै जिल्लामा विद्यमान कुसस्कार, कुप्रथाका विरुद्ध कार्यक्रम संचालनका लागि प्रर्याप्त स्रोत व्यवस्थापन र कार्यक्रम संचालनका लागि तत्काल पहल गरिनु पर्ने, कुप्रथाका विरुद्ध सर्वपक्षवाट अनुगमन गरिनु पर्ने बताउनुभयो । 

यस्तै छाउपडी कुप्रथा विरुद्ध राज्य स्तरवाट तत्कालिन दिर्घकालिन योजना कार्यान्वयनका लागि प्रर्याप्त मात्रामा वजेट विनियोजन गरि कार्यान्वयन गरिनु पर्ने लगाएतका बुदाहरु अघि सारिएका छन । 

साथै छाउपडी कुप्रथा विरुद्ध छिटो भन्दा छिटो स्थानिय स्तरमा विभिन्न चेतना मुलक अभियान संञ्चालन गरिनु पर्ने, दिर्घकालिन अन्तका लागि  गर्न सकिने पहलका लागि उच्चस्तरिय समिति गठन गरि कार्य प्रारम्भ हुनु पर्ने, कुप्रथा अन्तका लागि राज्यका सवै निकायहरुको एकिकृत परिचालन हुनु पर्ने लगाएतका माग रहेका महिला अधिकार मञ्च अछामका अध्यक्ष अप्सरा कुवरले बताउनु भयो । 

ध्यानाकर्षण पत्र बुझदै निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषालले महिलाका माग जायज भएकाले यसको तत्काल समाधानका लागि आज नै पत्र प्रधानमन्धी कार्यालयमा पठाईसकेको बताउनु भयो । 

ध्यानाकर्षण पत्रमा जानकारीका लागि राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, महिला बालवालिका तथा समाजकल्याण मन्त्रालय र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई बोधार्थमा राखिएको छ । ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा जिल्लामा महिला अधिकारको क्षेत्रमा काम गर्ने सम्पुर्ण महिलाको सभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह