कमल रावल/पुस ७, अछाम । अछाममा रहेको छाउपडि कुप्रथा अन्त्यका लागि अछाम जिल्लाका महिला अधिकारकर्मिले जिल्ला प्रशासन कार्यालय अछाम मार्फत प्रधानमन्त्रीको कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/पुस ७, अछाम । अछाममा रहेको छाउपडि कुप्रथा अन्त्यका लागि अछाम जिल्लाका महिला अधिकारकर्मिले जिल्ला प्रशासन कार्यालय अछाम मार्फत प्रधानमन्त्रीको कार्य"/>

२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

छाउपडि कुप्रथा अन्त्यको माग गर्दै अछामका महिलाहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाए

२०७३, ७ पुष बिहीबार १३:११


कमल रावल/पुस ७, अछाम । अछाममा रहेको छाउपडि कुप्रथा अन्त्यका लागि अछाम जिल्लाका महिला अधिकारकर्मिले जिल्ला प्रशासन कार्यालय अछाम मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ध्यानाकर्षण पत्र पठाएका छन । 

छाउपडी कुप्रथा जस्ता सामाजिक प्रथा कायमै रहेको भन्दै केहि दिन अघि जिल्लाको तिमिल्सैना गाबिसमा डम्मरा उपाध्याय र ग्राजाकी रोशनी तिरुवाको छाउगोठमै ज्यान गुमाउनु परेकाले ध्यानाकर्षण पत्र बुझाएका हुन । 

महिला अधिकारकर्मि विन्दु रावलको नेतृत्वमा गएको टोलिले निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाललाई ध्यानाकर्षण पत्र बुझाउदै जिल्लामा विद्यमान कुसस्कार, कुप्रथाका विरुद्ध कार्यक्रम संचालनका लागि प्रर्याप्त स्रोत व्यवस्थापन र कार्यक्रम संचालनका लागि तत्काल पहल गरिनु पर्ने, कुप्रथाका विरुद्ध सर्वपक्षवाट अनुगमन गरिनु पर्ने बताउनुभयो । 

यस्तै छाउपडी कुप्रथा विरुद्ध राज्य स्तरवाट तत्कालिन दिर्घकालिन योजना कार्यान्वयनका लागि प्रर्याप्त मात्रामा वजेट विनियोजन गरि कार्यान्वयन गरिनु पर्ने लगाएतका बुदाहरु अघि सारिएका छन । 

साथै छाउपडी कुप्रथा विरुद्ध छिटो भन्दा छिटो स्थानिय स्तरमा विभिन्न चेतना मुलक अभियान संञ्चालन गरिनु पर्ने, दिर्घकालिन अन्तका लागि  गर्न सकिने पहलका लागि उच्चस्तरिय समिति गठन गरि कार्य प्रारम्भ हुनु पर्ने, कुप्रथा अन्तका लागि राज्यका सवै निकायहरुको एकिकृत परिचालन हुनु पर्ने लगाएतका माग रहेका महिला अधिकार मञ्च अछामका अध्यक्ष अप्सरा कुवरले बताउनु भयो । 

ध्यानाकर्षण पत्र बुझदै निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषालले महिलाका माग जायज भएकाले यसको तत्काल समाधानका लागि आज नै पत्र प्रधानमन्धी कार्यालयमा पठाईसकेको बताउनु भयो । 

ध्यानाकर्षण पत्रमा जानकारीका लागि राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, महिला बालवालिका तथा समाजकल्याण मन्त्रालय र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई बोधार्थमा राखिएको छ । ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा जिल्लामा महिला अधिकारको क्षेत्रमा काम गर्ने सम्पुर्ण महिलाको सभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा