११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नलकटुवासहित तीनजना पक्राउ

८ पुष २०७३, शुक्रबार ०७:१२

पुस ८, गौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–९ मा गएराति प्रहरीले नलकटुवा पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–९ बस्ने गुदर महतो, रामकेवल महतो र वडा नम्बर १० बस्ने राजेन्द्र साह रहेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो । 

गौशाला–९ स्थितमा गुदर महतोले आफैँ सञ्चालन गर्दै आएको कुखुरा फार्ममा अवैध हतियार लुकाइराखेको गोप्य सूचनाका आधारमा गएराति करिब ८ बजे इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक शम्भु पोखरेलको नेतृत्वमा खटिगएको प्रहरी टोलीले कुखुरा फार्मबाटै तीनै जनालाई हतियारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक उपाध्यायले बताउनुभयो । 

तीनै जनाले कुखुरा फार्ममा प्लास्टिकको झोलामा बेरेर जमिनमा सुख्खा माटोले छोपेर एक थान नलकटुवा पेस्तोल लुकाइराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो । 

नलकटुवासहित पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याउने तयारी भइरहको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह