पुस ८, चितवन । चितवनमा भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि भूकम्पले क्षति पु¥याएका घरको फोटोसहितको विवरण सङ्कलन गरिने भएको छ 

उक्त अभियानको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ८, चितवन । चितवनमा भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि भूकम्पले क्षति पु¥याएका घरको फोटोसहितको विवरण सङ्कलन गरिने भएको छ 

उक्त अभियानको प"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन हजार भूकम्पपीडित कहाँबाट थपिए ?

८ पुष २०७३, शुक्रबार ०८:४५

पुस ८, चितवन । चितवनमा भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि भूकम्पले क्षति पु¥याएका घरको फोटोसहितको विवरण सङ्कलन गरिने भएको छ 

उक्त अभियानको प्रक्रिया सुरु भएको तथ्याङ्क कार्यालय चितवनले जनाएको छ । पछि कुनै विवाद आए पनि सल्ट्याउन सहज हुने भएकाले प्रत्येक घरको फोटोसहितको विवरण सङ्कलन गरिने जिल्ला तथ्याङ्क कार्यालय चितवनका प्रमुख तथा भूकम्पपीडितको विवरण सङ्कलन कार्यक्रमका संयोजक जीवनाथ आचार्यले जानकारी दिए ।

फोटोसहितको मतदाता नामावली सङ्कलन भएजस्तै यसपटक भूकम्पले क्षति पु¥याएको घरको अवस्था अध्ययन गरी फोटोसमेत सङ्कलन गरिने आचार्यले जानकारी दिए ।

यसका लागि जिल्लामा ५२ जना इन्जिनियर र ५२ जना सामाजिक परिचालक परिचालन गर्ने उनले बताए ।

उनका अनुसार जुन दिन तथ्याङ्क सङ्कलन गरिएको हुन्छ, त्यही दिन नै सिंहदरबारको सूचना केन्द्रलगायत सम्बन्धित क्षेत्रमा पठाइने व्यवस्थासहित विवरण सङ्कलनको तयारी गरिएको हुन्छ ।

चितवन जिल्लामा अहिले १८ हजार ७५२ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका छन् ।

हालै सुरु भएको भूकम्पपीडितको पुनः लगत सङ्कलनका क्रममा यसरी पीडितहरुको निवेदन सङ्कलन भएको हो। सामान्य क्षतिसहित विगतमा चितवनमा १५ हजार ७४९ भूकम्पपीडितको तथ्याङ्क आएकामा अहिले बढेर १८ हजार ७५२ पुगेको हो ।

चितवनका स्थानीय विकास अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य सचिव श्रवणकुमार पोखरेलले गाउँ÷गाउँमा नगरपालिका र गाविसमार्फत लगत सङ्कलन गरिएको बताए ।

पहिलो चरणमा सरकारबाट १५ हजार रुपैयाँ पाएका र दोस्रो चरणमा न्यानो कपडाका लागि १० हजार पाएकाको प्रमाण एवम् रातो कार्डको आधारमा मात्रै उनीहरुलाई पुनःनिर्माणका लागि सरकारले तीन लाख रुपैयाँको राहत प्याकेज दिनेछ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भूकम्पबाट कम प्रभावित जिल्लामा समेत पुनःनिर्माणको काम सुरु गरेपछि जिल्लामा पुनः लगत सङ्कलन गरिएको हो ।

चितवनलगायत १७ जिल्लामा लगत सङ्कलन थालिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह