२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई विरामी कुरुवाहरु विच अस्पतालमै प्रेम लिला चलेपछि…

२०७३, १० पुष आईतवार १२:५८

प्रेम सुनार । पुस १०, गुल्मी ।  एउटा पुरुषः आफ्नी आमा  जिवन मरणको दोसाँधको पिडामा झोक्रिएको छ अस्पातको शैयामा उनै विरामी आमाको कोखमा बसेर ।  त्यसै अस्पतालमा एउटी महिलाः विरामी परेर उपचार गर्न ल्याएको छोरा कति वेला उसको विमार निको होला भन्ने पिर–र चिन्तामा छिन् ।

ति दुईको विचमा आ–आफ्नै पिर–चिन्ताका वावजुद पनि प्रकृतिको देन न भयो आँखा जुध्छ,  मन वरालीन्छ र एक एर्कामा यौवन सल्वाउँछ र  चिन्तालु मन् सम्हालिन्छ ।  थाह छैन् यो माया भन्ने चिज , त्यस माथी विपरित लिङ्ग प्रतिको आकर्षण कस्तो होला खै कुन्नी ? जसले विपतको वेला होस् वा हर्ष खुशी र आफन्तको विमार  वा  मृत्युको शोक नै  भन्दैन् ।

त्यस्तै भयो, गुल्मीबाट भरतपुर क्यान्सर अस्पतालमा आमाको उपचार  गर्न पुगेका अविवाहित एक युवा र चितवन रामपुर घर भएकी एक विवाहित महिला विच पनि ।

विवाह वा दोश्रो विवाह गर्न पाउने स्वतन्त्रता र गोपनियताको पनि अधिकार  भएकोले उनिहरुको वास्तविक नाम जिल्ला प्रहरी कार्यालय गुल्मीले खुलाउन उचित ठानेन । उनिहरु गुल्मीका २५ वर्षिय एक बिश्वकर्मा थरका युवा र  चितवन रामपुरकी २६ वर्षिया विवाहित महिला हुन् ।

त्यस कार्यालयका मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले भने–‘ यो माया प्रितीका रोमाञ्चक घटनाहरु मध्ये गुल्मीका २५ वर्षिय एक दलित युवा र चितावन रामपुरकी २६ वर्षिया एक सन्तानकी आमा विचको प्रेम सम्वन्ध पनि निकै रोमञ्चक नै मान्नु पर्छ ।’

उनका अनुसार गुल्मीबाट भरतपुर तर्फ आमाको क्यान्सर रोगको उपचार गर्न  हिडेका विश्वकर्मा थरको ति युवा  विरामी आमाको उपचार संगै अस्पतालबाट  विवाह पनि  गरेर आएका  छन्  । चितवन रामपुरबाट घरमै रहेका श्रीमानलाई  छोराको उपचार गर्न जान्छु भन्दै  ति महिला अस्पताल आएकी थिईन् ।

ति दुवैको त्यही परिचय आदन प्रदान भयो । फोन नम्वर साटा साटा पनि  भयो । अन्ततः फोन नम्वर मात्रै साटिएन उनका श्रीमान संगको माया सम्वन्ध समेत साटिदै गयो ,  उता सम्वन्ध पनि टाढिदै गयो , यता  नजिकिदै गयो ।

क्रमशः अस्पताल बसाईको छोटो समयमै चितवनको पारिलो मौसम र हावा पानीले माया सम्वन्ध छिट्टै हुर्किने  प्रजातीको वनस्पती झै झाङ्गीदै गयो ।  त्यस्तै साढे दुई वर्षको छोरा काँखमा लिएर तिनै युवा संग विवाह गरेर गुल्मी आएकी ति महिला भन्छिन्  –‘ के गर्ने यस्तै भयो , छोराको उपचार गर्न अस्पताल आएको वेला उहाँ पनि आमाको उपचार गर्न आउनु भएको रहेछ , उहाँँ संग माया वस्यो र छाड्न मन नलागेर उहाँ संगै विवाह गरेर गुल्मी आएकी हुँ  । ’

उनका नव जोडीदारको भनाई पनि उस्तै थियो । उनले भने–‘ आठ नौ महिना अघि देखि आमालाई क्यान्सर भएर उपचार गर्न  आते–जाते गर्ने क्रममा उनको पनि छोरा विरामी मेरो पनि आमा विरामी भएकोले यस्तो संयोग मिल्यो ।’

उनलाई त राम्रै संयोग मिल्यो । तर उनका पुर्व श्रीमानलाई भने  वियोग मिल्यो । छोरा उपचार गर्न हिडेकी श्रीमति छोराको उपचार गरेर कति वेला आउलिन भन्ने वेलामा छोरै टिपेर भाग्ने मानसिकता बनाएर बस्लीन् भन्ने त  उनले कल्पना नै गर्न सकेका थिएनन् ।

त्यो भन्दा पनि भित्र भित्रै ऋण काढेर विल्लीबाँठ पारेर श्रीमति हिडेको  कुरा त उनलाई पत्तै थिएन् । श्रीमति भागेको खवर पाउन साथ जव गाउँमा साहु सल्वलाए पछि मात्र थाह भयो , छोराको उपचारका लागि  नभएर नाठो पोसाईका लागि पो गाउँका विभिन्न समुह देखि व्यक्ति–व्यक्ति  सम्म ऋण काढिएको रहेछ ।

श्रीमति वियोगको पिडामा थप झड्का लाग्यो उनका पुर्व श्रीमानलाई  जव एउटै लघु वित्तबाटै १ लाख ५५ हजार , अन्य समुह र व्यक्तिहरु सहित साढे दुई लाख लिएर  स्थानियको शव्दमा ‘अस्पतालमै लभ एण्ड टाप’ को नयाँ फिल्मी टाईटल  बनाएर भागिन् ।

उनका पुर्व श्रीमानलाई उनिहरुलाई खोज्न त्यति असजिलो परेन् । दुवै विरामीको वेड नम्वर, नाम ठेगना  अस्पतालमै भएकोले  उनका पुर्व श्रीमानले चितवन जिल्ला प्रहरी कार्यालयमा  जाहेरी दिए । जाहेरीका आधारमा त्यहाँको प्रहरीले यहाँको प्रहरीलाई पत्रचार गर्यो ।

अन्ततः गत तीन दिन अघि प्रहरीले ति दुवै विरामी कुरुवाहरु अर्थात घर फोरुवाहरुलाई पक्राउ गर्यो । उता उनका पुर्व पतिलाई चितवनबाट बोलाएर आज  जिल्ला प्रहरी कार्यालयमा छलफल चलिरहेको  छ ।

वाहिरै छलफलमा सहभागी एक जनाले व्याङ्ग गर्दै भने–‘ उक्त रकम ति गुल्मीका युवाले बुझाएमा  चितवनका ति युवाकी श्रीमति सहित नाफामा उनका छोरा पनि लगेर जान पाउने भएका छन् ।

छलफलमा सहभागी दलित अधिकारकर्मी कृष्ण सुनार, झविन्द्र बिक  लगायतले पनि उक्त रकम बुझाई दिनै पर्नेमा जोड दिएका छन् । एक जना बच्चाकी आमाको बुढो बैंसले चितवन देखि उनका श्रीमान सहित ४÷५ जनाको टोलीले खर्च र सास्ती खेपेका छन् ।

उनिहरु त वरु मस्त जवान भएकोले उहि क्या? एक अस्पातलमा उपचार सम्भव नभए पछि अर्को अस्पालमा जसरी विमारी रिफर गन्छ  , त्यसरी नै उनिहरुले मनको विमार रिफर गर्नु स्वभाविक पनि होला ।

तर, अहिले गुल्मीमा यति वेला अग्रेजी शव्दमा टिन एजेर, सिक्सटीन ओभर, ट्वान्टी ओभर, फोट्टी ओभर, सिक्सटी ओभरले भन्दा पनि एट्टी ओभरको लभ स्टोरीले निकै तिव्रता पाउन थालेको छ ।

असी वर्ष नाघेपछि यात वाला पस्दो रहेछ र हो मान्छे कित जवानी चढ्दो  रहेछ र हो मान्छे  ? केहि दिन अघि गुल्मीको घमिरमा ८९ वर्षिय बृद्धले  ७० वर्षिया संग प्रेम विवाह गरेको समाचार वाहिर आएको चर्चा सेलाउन नपाउँदै फेरी यसै गुल्मीमा अर्का ८० नाघेका बृद्धले आफु भन्दा आधा कम उमेरकी महिला संग प्रेम सम्वन्ध राखेको चक्करमा वनवासै हिड्नु पर्ने बाध्यता भयो ।

यसर्थ पनि विमारी आमा र विरामी छोराको कुरुवा बसेका ति जोडीले अपरिचीत भए पनि माया सम्वन्धको  सुरक्षित थलो अस्पताल सेरोफेरो हुन्छ भन्ने सन्देश दिनुलाई ठुलो कुरा मान्न नपर्ला की ? जस्तो लाग्यो आज दिनभरको मेरो डायरीले । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा