१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङको हिमाली भेगमा चिसो सुरु भएसँगै भेडीगोठ बेँंसी झार्न थाले

११ पुष २०७३, सोमबार ०८:२४

 पुस ११, लमजुङ । हिउँदको चिसो सुरु भएसँगै लमजुङको हिमाली भेगमा राखिएका भेडीगोठ बेँसी झार्न थालिएको छ । 

चिसो बढ्न थालेपछि अहिले भेडीगोठ बस्ती नजिकैका डाँडामा सारिएको हो । पुख्र्यौली चलन र पेसा पहिले भन्दा केही घटेपनि लमजुङमा अझै भेडीगोठ छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष अलि पहिले नै भेडीगोठ बेँसी झारिएको हो । उत्तर–पश्चिम लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना लमजुङ हिमालको काख दूधपोखरीस्थित थुर्जुलेकमा राखिन्थे । 

हाल लमजुङको भुजुङ, पसगाउ, सिङ्दी, घनपोखरा, ताघ्रिङ, घलेगाउँ लगायतका गाविसमा भेडीगोठ छन् । जिल्ला पशुसेवा कार्यलय लमजुङका अनुसार ती भेडीगोठमा १० हजारभन्दा बढी भेंडाबाख्रा रहेको अनुमान छ । लमजुङमा भेडीगोठ ६ महिना लेक र ६ महिना बेँंसीमा राख्ने गरिन्छ । 

प्रायः परिवारको कुनै एक सदस्य मात्रै भए पनि भेडीगोठमा बस्ने गर्छन् । भेडीगोठमा बस्दा जुकाले निकै सताउने ताघ्रिङका अमरजङ गुरुङ बताउनुहुन्छ । लेकमा बस्दा भेडीगोठसँगै भँैसी पनि राखिन्छ । 

लेकमा रहँदा भैँसीेले दिएको दूधबाट प्रशस्त घीउ, मोहीको रोटीलगायतका अन्य दूधको परिकार बनाउने गरिन्छ । हिउँदमा बँेसी झारिएका भेडागोठले खेतबारी मोल्ने काम गरिन्छ । अहिले बस्ती नजिक सारिएको भेडीगोठ पुनः वैशाख जेठदेखि लेकमा फर्काइन्छ । 

परम्परागत भेडीगोठ पछिल्लो समय दुर्लभ हुन पुगे पनि पर्यटकको आर्कषण भने बनिरहेको छ । लमजुङको उत्तरी भागमा रहेका भेडीगोठ हेर्न कै लागि पनि पर्यटक आउने गरेको पर्यटन व्यवसायी बताउँछन् । 

लमजुङका ग्रामीण भेगका बासिन्दाले भेंडापालन व्यवसाय अङ्गाल्दै आए पनि आधुनिक र व्यावसायिक रुप भने पाउन सकेको छैन । प्रशस्त घाँसे मैदानको खर्क हुँदा हुँदै पनि गोठाला र आधुनिक प्रविधिको अभावमा भएका भेडीगोठ पनि बिलाउँदै गएका हुन् । 

भेडापालन कम हँुदै गएकाले लमजुङको उच्च भेगमा रहेको राडीपाखी बुन्ने पेसा पनि विस्तारै सङ्कटमा पर्न थालेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी