२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङको हिमाली भेगमा चिसो सुरु भएसँगै भेडीगोठ बेँंसी झार्न थाले

२०७३, ११ पुष सोमबार ०८:२४

 पुस ११, लमजुङ । हिउँदको चिसो सुरु भएसँगै लमजुङको हिमाली भेगमा राखिएका भेडीगोठ बेँसी झार्न थालिएको छ । 

चिसो बढ्न थालेपछि अहिले भेडीगोठ बस्ती नजिकैका डाँडामा सारिएको हो । पुख्र्यौली चलन र पेसा पहिले भन्दा केही घटेपनि लमजुङमा अझै भेडीगोठ छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष अलि पहिले नै भेडीगोठ बेँसी झारिएको हो । उत्तर–पश्चिम लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना लमजुङ हिमालको काख दूधपोखरीस्थित थुर्जुलेकमा राखिन्थे । 

हाल लमजुङको भुजुङ, पसगाउ, सिङ्दी, घनपोखरा, ताघ्रिङ, घलेगाउँ लगायतका गाविसमा भेडीगोठ छन् । जिल्ला पशुसेवा कार्यलय लमजुङका अनुसार ती भेडीगोठमा १० हजारभन्दा बढी भेंडाबाख्रा रहेको अनुमान छ । लमजुङमा भेडीगोठ ६ महिना लेक र ६ महिना बेँंसीमा राख्ने गरिन्छ । 

प्रायः परिवारको कुनै एक सदस्य मात्रै भए पनि भेडीगोठमा बस्ने गर्छन् । भेडीगोठमा बस्दा जुकाले निकै सताउने ताघ्रिङका अमरजङ गुरुङ बताउनुहुन्छ । लेकमा बस्दा भेडीगोठसँगै भँैसी पनि राखिन्छ । 

लेकमा रहँदा भैँसीेले दिएको दूधबाट प्रशस्त घीउ, मोहीको रोटीलगायतका अन्य दूधको परिकार बनाउने गरिन्छ । हिउँदमा बँेसी झारिएका भेडागोठले खेतबारी मोल्ने काम गरिन्छ । अहिले बस्ती नजिक सारिएको भेडीगोठ पुनः वैशाख जेठदेखि लेकमा फर्काइन्छ । 

परम्परागत भेडीगोठ पछिल्लो समय दुर्लभ हुन पुगे पनि पर्यटकको आर्कषण भने बनिरहेको छ । लमजुङको उत्तरी भागमा रहेका भेडीगोठ हेर्न कै लागि पनि पर्यटक आउने गरेको पर्यटन व्यवसायी बताउँछन् । 

लमजुङका ग्रामीण भेगका बासिन्दाले भेंडापालन व्यवसाय अङ्गाल्दै आए पनि आधुनिक र व्यावसायिक रुप भने पाउन सकेको छैन । प्रशस्त घाँसे मैदानको खर्क हुँदा हुँदै पनि गोठाला र आधुनिक प्रविधिको अभावमा भएका भेडीगोठ पनि बिलाउँदै गएका हुन् । 

भेडापालन कम हँुदै गएकाले लमजुङको उच्च भेगमा रहेको राडीपाखी बुन्ने पेसा पनि विस्तारै सङ्कटमा पर्न थालेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन