ताराबहादुर महत/पुस ११, दोलखा । राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाष्कोटाले सुचनाको हक कार्यान्वयन हुन सके मात्र लोकतन्त्र जिवित रहने बताउनुभएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ताराबहादुर महत/पुस ११, दोलखा । राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाष्कोटाले सुचनाको हक कार्यान्वयन हुन सके मात्र लोकतन्त्र जिवित रहने बताउनुभएको"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुचनाको हक कार्यान्वयन भएमात्र लोकतन्त्र जिवित: प्रमुख आयुक्त बाष्कोटा

२०७३, ११ पुष सोमबार १२:००


ताराबहादुर महत/पुस ११, दोलखा । राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाष्कोटाले सुचनाको हक कार्यान्वयन हुन सके मात्र लोकतन्त्र जिवित रहने बताउनुभएको छ । 

दोलखाका सरकारी कार्यालय प्रमुख एवम् सुचना अधिकारी, संचार माध्यम तथा नागरिक समाजका प्रतिनिधिहरुका लागि आज चरिकोटमा सुचना आयोगद्वारा आयोजित सुचनाको हक सम्बन्धि एक दिवसिय प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त बाष्कोटाले देशमा सुशासन र पारदर्शिताको विकासका लागि सुचनाको हकको पुर्ण रुपमा कार्यान्वयन गर्नु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा आयोगका उपसचिव वेदनिधि अधिकारीले सुचनाको हक कार्यान्वयनमा कार्यालय प्रमुख र सुचना अधिकारीको भुमिका र दायित्व विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्नुहुँदै अधिकारीले सुचनाको हक, यसको प्रयोग र प्रभावकारीताको विषयमा जानकारी गराउनुभएको थियो ।

यसैबिच दोलखाका कार्यालय प्रमुखहरुले जिल्लामा शुसासन कायम राख्दै सुचनाको हक कार्यान्वयन गर्ने ७ बुँदे प्रतिबद्धता जनाएका छन । सुचनाको हक सम्बन्धि ऐनमा व्यवस्था गरिए बमोजिम ३/३ महिनामा आफ्नो कार्यालयले सम्पादन गरेका कामको विवरण कार्यालय परिसरमा प्रकाशित गर्ने, प्रत्येक कार्यालयले सुचना अधिकारी तोकि निजको विवरण सार्वजनिक गर्ने, कानुनले तोकेबमोजिमकै समयमा सुचना उपलब्ध गराउने, सुचना माग सम्बन्धि निवेदनका लागि छुट्टै दर्ता किताब तयारी गरी तथ्याङ्क अद्यावधिक गराउने लगायतका बुँदा प्रतिबद्धता पत्रमा समावेश गरिएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ दोलखाका अध्यक्ष उद्धवप्रसाद पोखरेल, नागरिक समाज नेपाल, दोलखाका अध्यक्ष दिपशंकर चौँलागाँई, सुचनाको हकका अभियन्ता विश्वनिधि पाख्रिन लगायतले दोलखामा सुचनाको हक कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको गुनासो गर्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सुचना अधिकारी, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह