ताराबहादुर महत/पुस ११, दोलखा । राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाष्कोटाले सुचनाको हक कार्यान्वयन हुन सके मात्र लोकतन्त्र जिवित रहने बताउनुभएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ताराबहादुर महत/पुस ११, दोलखा । राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाष्कोटाले सुचनाको हक कार्यान्वयन हुन सके मात्र लोकतन्त्र जिवित रहने बताउनुभएको"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुचनाको हक कार्यान्वयन भएमात्र लोकतन्त्र जिवित: प्रमुख आयुक्त बाष्कोटा

११ पुष २०७३, सोमबार १२:००


ताराबहादुर महत/पुस ११, दोलखा । राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाष्कोटाले सुचनाको हक कार्यान्वयन हुन सके मात्र लोकतन्त्र जिवित रहने बताउनुभएको छ । 

दोलखाका सरकारी कार्यालय प्रमुख एवम् सुचना अधिकारी, संचार माध्यम तथा नागरिक समाजका प्रतिनिधिहरुका लागि आज चरिकोटमा सुचना आयोगद्वारा आयोजित सुचनाको हक सम्बन्धि एक दिवसिय प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त बाष्कोटाले देशमा सुशासन र पारदर्शिताको विकासका लागि सुचनाको हकको पुर्ण रुपमा कार्यान्वयन गर्नु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा आयोगका उपसचिव वेदनिधि अधिकारीले सुचनाको हक कार्यान्वयनमा कार्यालय प्रमुख र सुचना अधिकारीको भुमिका र दायित्व विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्नुहुँदै अधिकारीले सुचनाको हक, यसको प्रयोग र प्रभावकारीताको विषयमा जानकारी गराउनुभएको थियो ।

यसैबिच दोलखाका कार्यालय प्रमुखहरुले जिल्लामा शुसासन कायम राख्दै सुचनाको हक कार्यान्वयन गर्ने ७ बुँदे प्रतिबद्धता जनाएका छन । सुचनाको हक सम्बन्धि ऐनमा व्यवस्था गरिए बमोजिम ३/३ महिनामा आफ्नो कार्यालयले सम्पादन गरेका कामको विवरण कार्यालय परिसरमा प्रकाशित गर्ने, प्रत्येक कार्यालयले सुचना अधिकारी तोकि निजको विवरण सार्वजनिक गर्ने, कानुनले तोकेबमोजिमकै समयमा सुचना उपलब्ध गराउने, सुचना माग सम्बन्धि निवेदनका लागि छुट्टै दर्ता किताब तयारी गरी तथ्याङ्क अद्यावधिक गराउने लगायतका बुँदा प्रतिबद्धता पत्रमा समावेश गरिएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ दोलखाका अध्यक्ष उद्धवप्रसाद पोखरेल, नागरिक समाज नेपाल, दोलखाका अध्यक्ष दिपशंकर चौँलागाँई, सुचनाको हकका अभियन्ता विश्वनिधि पाख्रिन लगायतले दोलखामा सुचनाको हक कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको गुनासो गर्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सुचना अधिकारी, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड