दान बहादुर बुढा | पुस ११, मुगु | जिल्लामा रहेका निरक्षरहरुलाई साक्षर बनाउने र विद्यालय तहमा विद्याथीहरुलाई अन्तर विद्यालय सिकाई आदान प्रदान गर्ने उदेश्यले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा | पुस ११, मुगु | जिल्लामा रहेका निरक्षरहरुलाई साक्षर बनाउने र विद्यालय तहमा विद्याथीहरुलाई अन्तर विद्यालय सिकाई आदान प्रदान गर्ने उदेश्यले "/>

२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा साक्षरता बढाउन सिकाई मेला सन्चालन

२०७३, ११ पुष सोमबार १४:१३


दान बहादुर बुढा | पुस ११, मुगु | जिल्लामा रहेका निरक्षरहरुलाई साक्षर बनाउने र विद्यालय तहमा विद्याथीहरुलाई अन्तर विद्यालय सिकाई आदान प्रदान गर्ने उदेश्यले आज जिल्ला सदरमुकाम गमगढी महाकाली उच्च माबिको फिडमा सिकाई मेला आयोजना गरिएको छ ।

मुगु जिल्लाका १६ गाविसहरुमा रहेका ८० विद्यालयहरुमा यूनिसेप नेपाल,विश्व शिक्षाको आर्थीक तथा प्राविधिक सहयोग र किर्डाक नेपाल समन्वयमा संचालित प्रारम्भिक तह पढाई कार्यक्रम अन्तरगत आज जिल्ला सदरमुकाममा जिल्ला स्तरिय पढाई मेलाको आयोजना गरिएको हो ।

जिल्लामा रहेका ८० वटा बिद्यालय मध्य मेलामा ४१ विद्यालय सहभागी भएको र सहभागी बिद्यालयले स्थानिय स्तरमा उपलब्धहुने  काठ ढुङ्गा माटो ,कागज लगायत बिभिन्न बस्तुहरुबाट शौक्षिक सामाग्रीहरुको सा्रेत साधनहरुको भरपुर प्रयोग गरेर शैक्षिक सामग्री निमार्ण गरि  सामग्री प्रर्दशनी स्टलमा राखेका छन ।  यसरी फरक फरक विद्यालयका शैक्षिक सामग्री  सिकाई एक आपसमा आदान प्रदान हुदा प्राथामिक तहका बालबालिकाको पढाई र सिकाईमा गुणात्मक सुधार आउने र शिक्षकहरुको सिक्षणकला पनि आदान प्रदान हुने हुने भएकाले सिकाई मेलाको आयोजना गरिएको किर्डाक नेपाल मुगुका जिल्ला कार्यक्रम संयोजक पदम बहादुर शाहीले  बताउनु भयो ।

पढाई मेलाको मूख्य उध्यश्य भनेको कक्षा १ देखी ३ सम्मका बालबालीकहरुलाई बोलाई बिभिन्न देखेका कुरा बाट सिकुन भन्ने हिसाबले यो बढाई मेला आयोजना गरीएको किडाक नेपालकी महासचिव सम्झना शाहले बताएकि छन । उहाका अनुसार पढई मेला बिद्यालय स्तर, स्रोत केन्द्र हुदौ जिल्ला स्तरमा सन्चालन गरीएको समेत भएको जानकारी दिएकी हुन ।


मुगु जिल्लालाई सन् २०१७ भित्र साक्षर जिल्ला घोषणामा सहयोग होस र अविभावक तथा समुदायलाई पढाई,सिकाईको महत्व बारेमा सचेतना अविबृद्घी गर्न साथै बालबालिकालाई घर,समुदाय तथा विद्यालयमा पढ्ने, सिक्ने बातावरण तयार पार्न मेला कोषेढुंगा सावित हुने विश्वास लिएको जिल्ला शिक्षा अधिकारी जवारहरलाल हमालले बताउनु भयो । हमालका अनुसार एक आपसमा स्टलमा राखिएका शैक्षिक सामाग्रीहरु हेरेर देखेर प्रयोग गराई सिक्ने र सिकाउनको लागी पढाई मेला जिल्ला शिक्षा कार्यालय मुगु समन्वय र किडाक मुगुको आयोजनामा संन्चालन गरीएको समेत जानकारी गराएका छन ।

पढाई सिकाई मेलामा ४१ विद्यालयले राखेको स्टलहरुको अवलोकन पछी प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले आयोजित सभालाई सम्बोधन गदै यस्ताखाले मेलाले परम्परागत जस्तो भैसकेको घोकन्ते पढाई हटाई, पढ्ने र सिक्ने सस्कृतीको विकास हुने, पढाई सिकाईमा शैक्षिक सामग्रीहरुको भरपुर प्रयोग हुने र शैक्षिक सामग्रीको लागी परनिभरता हटी गाउँ घर वरपर रहेका साधन स्रोतको प्रयोगबाट शैक्षिक सामग्री निर्माणमा शिक्षक तथा विद्यार्थीहरुको ध्यान जाने बताउनु भएको छ । पढाई मेलामा ११  सय जनाले स्टल अध्ययन अवलोकन गरेका छन । 


मेलामा साना-साना नानीहरुले स्थानिय काठ,अन्न, वनस्पिती र कागजको सहयोगमा निर्माण गरेका शैक्षिक सामग्रीहरु सहभागी विद्यार्थी, अविभावक र मेला अवलोकनकर्ता बढी मन पराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर