दान बहादुर बुढा | पुस ११, मुगु | जिल्लामा रहेका निरक्षरहरुलाई साक्षर बनाउने र विद्यालय तहमा विद्याथीहरुलाई अन्तर विद्यालय सिकाई आदान प्रदान गर्ने उदेश्यले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा | पुस ११, मुगु | जिल्लामा रहेका निरक्षरहरुलाई साक्षर बनाउने र विद्यालय तहमा विद्याथीहरुलाई अन्तर विद्यालय सिकाई आदान प्रदान गर्ने उदेश्यले "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा साक्षरता बढाउन सिकाई मेला सन्चालन

११ पुष २०७३, सोमबार १४:१३


दान बहादुर बुढा | पुस ११, मुगु | जिल्लामा रहेका निरक्षरहरुलाई साक्षर बनाउने र विद्यालय तहमा विद्याथीहरुलाई अन्तर विद्यालय सिकाई आदान प्रदान गर्ने उदेश्यले आज जिल्ला सदरमुकाम गमगढी महाकाली उच्च माबिको फिडमा सिकाई मेला आयोजना गरिएको छ ।

मुगु जिल्लाका १६ गाविसहरुमा रहेका ८० विद्यालयहरुमा यूनिसेप नेपाल,विश्व शिक्षाको आर्थीक तथा प्राविधिक सहयोग र किर्डाक नेपाल समन्वयमा संचालित प्रारम्भिक तह पढाई कार्यक्रम अन्तरगत आज जिल्ला सदरमुकाममा जिल्ला स्तरिय पढाई मेलाको आयोजना गरिएको हो ।

जिल्लामा रहेका ८० वटा बिद्यालय मध्य मेलामा ४१ विद्यालय सहभागी भएको र सहभागी बिद्यालयले स्थानिय स्तरमा उपलब्धहुने  काठ ढुङ्गा माटो ,कागज लगायत बिभिन्न बस्तुहरुबाट शौक्षिक सामाग्रीहरुको सा्रेत साधनहरुको भरपुर प्रयोग गरेर शैक्षिक सामग्री निमार्ण गरि  सामग्री प्रर्दशनी स्टलमा राखेका छन ।  यसरी फरक फरक विद्यालयका शैक्षिक सामग्री  सिकाई एक आपसमा आदान प्रदान हुदा प्राथामिक तहका बालबालिकाको पढाई र सिकाईमा गुणात्मक सुधार आउने र शिक्षकहरुको सिक्षणकला पनि आदान प्रदान हुने हुने भएकाले सिकाई मेलाको आयोजना गरिएको किर्डाक नेपाल मुगुका जिल्ला कार्यक्रम संयोजक पदम बहादुर शाहीले  बताउनु भयो ।

पढाई मेलाको मूख्य उध्यश्य भनेको कक्षा १ देखी ३ सम्मका बालबालीकहरुलाई बोलाई बिभिन्न देखेका कुरा बाट सिकुन भन्ने हिसाबले यो बढाई मेला आयोजना गरीएको किडाक नेपालकी महासचिव सम्झना शाहले बताएकि छन । उहाका अनुसार पढई मेला बिद्यालय स्तर, स्रोत केन्द्र हुदौ जिल्ला स्तरमा सन्चालन गरीएको समेत भएको जानकारी दिएकी हुन ।


मुगु जिल्लालाई सन् २०१७ भित्र साक्षर जिल्ला घोषणामा सहयोग होस र अविभावक तथा समुदायलाई पढाई,सिकाईको महत्व बारेमा सचेतना अविबृद्घी गर्न साथै बालबालिकालाई घर,समुदाय तथा विद्यालयमा पढ्ने, सिक्ने बातावरण तयार पार्न मेला कोषेढुंगा सावित हुने विश्वास लिएको जिल्ला शिक्षा अधिकारी जवारहरलाल हमालले बताउनु भयो । हमालका अनुसार एक आपसमा स्टलमा राखिएका शैक्षिक सामाग्रीहरु हेरेर देखेर प्रयोग गराई सिक्ने र सिकाउनको लागी पढाई मेला जिल्ला शिक्षा कार्यालय मुगु समन्वय र किडाक मुगुको आयोजनामा संन्चालन गरीएको समेत जानकारी गराएका छन ।

पढाई सिकाई मेलामा ४१ विद्यालयले राखेको स्टलहरुको अवलोकन पछी प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले आयोजित सभालाई सम्बोधन गदै यस्ताखाले मेलाले परम्परागत जस्तो भैसकेको घोकन्ते पढाई हटाई, पढ्ने र सिक्ने सस्कृतीको विकास हुने, पढाई सिकाईमा शैक्षिक सामग्रीहरुको भरपुर प्रयोग हुने र शैक्षिक सामग्रीको लागी परनिभरता हटी गाउँ घर वरपर रहेका साधन स्रोतको प्रयोगबाट शैक्षिक सामग्री निर्माणमा शिक्षक तथा विद्यार्थीहरुको ध्यान जाने बताउनु भएको छ । पढाई मेलामा ११  सय जनाले स्टल अध्ययन अवलोकन गरेका छन । 


मेलामा साना-साना नानीहरुले स्थानिय काठ,अन्न, वनस्पिती र कागजको सहयोगमा निर्माण गरेका शैक्षिक सामग्रीहरु सहभागी विद्यार्थी, अविभावक र मेला अवलोकनकर्ता बढी मन पराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह