११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीबाट मोटरसाइकल चोरी गरि बेच्ने गिरोह पक्राउ

११ पुष २०७३, सोमबार १४:२८

दिनेश ठकुल्ला | पुस ११, धनगढी । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायल मातहतमा कार्यरत प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (आरटीआई) ले मोटरसाइकल चोरी कार्यमा संलग्न गिरोहलाई आज धनगढीबाट पक्राउ गरेको छ । 

प्रहरीले उनीहरुबाट ५ ग्राम लागू औषध ब्राउन सुगर र चोरीका मोटर साइकल समेत बरामद गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० घुईयाघाटका २२ वर्षीय बिमल राना, १९ मनिष राना, गदरिया पहिलिपट्टी बस्ने २२ वर्षका रामजी राना रहेका छन् । विगत लामो समयदेखिको सुक्ष्म अध्ययनपछि उनीहरुलाई पक्राउ गरेको आरटीआईले जनाएको छ । उनीहरुबाट से ५ प ४७३ नम्बरको प्लाटिना, से २ प ३१६३ नम्बरको स्प्लेन्डर, से २ प ८५०३ नम्बरको अपाचे मोटरसाइकल बरामद गरिएको छ । उनीहरु लामो समयदेखि मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको र चोरेर बिक्री गर्ने गरेको प्रहरीको दावी छ । 

मोटरसाइकल चोरी कार्यमा संलग्न अरु गिरोहको पनि पहिचान भएको प्रहरीले जानकारी दिएको छ । यसैगरी, प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको से ३ प ५१५२ नम्बरको पल्सर, से २ प ५१२४ नम्बरको होण्डा, से ३ प ४८५२ नम्बरको सीडी डिलक्स र भारतीय नम्बर प्लेट कोतारिएको अपाचे मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह