दलसिंह गिरी | पुस १२, कालिकोट | जिल्ला सदरमुकाम मान्मको पुरानो बसपार्कमा आज विहान सवा ६ बजे तिर बस दुर्घटना भएको छ । बस दुर्घटना हुदा ११ जना यात्रु गम्भिर घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | पुस १२, कालिकोट | जिल्ला सदरमुकाम मान्मको पुरानो बसपार्कमा आज विहान सवा ६ बजे तिर बस दुर्घटना भएको छ । बस दुर्घटना हुदा ११ जना यात्रु गम्भिर घ"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटको पुरानो बस पार्कमा बस दुर्घटना, ११ जना घाइते

१२ पुष २०७३, मंगलवार ०३:५०


दलसिंह गिरी | पुस १२, कालिकोट | जिल्ला सदरमुकाम मान्मको पुरानो बसपार्कमा आज विहान सवा ६ बजे तिर बस दुर्घटना भएको छ । बस दुर्घटना हुदा ११ जना यात्रु गम्भिर घाइते भएका छन् । हिजो ११ गते जुम्लाबाट नेपालगंजको लागि छुटेको कर्नाली बस यातायातको ना ५ ख १७९९ नम्बरको बस आज विहान दुघटना भएको हो । 

हिजो बेलुका नै जिल्ला सदरमुकाम मान्म पुगेको बस गाडी एक रात बास बसि आज विहान नेपालगंजतिर जानै लाग्दा बस दुर्घटना भएको हो । गाडी सहयोगीले बस स्टाट गरी गाडी सवार यात्रुहरुलाई गाडीमा बसाल्दै गर्दा एक्कासी बस आफै गुडी सडकबाट करिव १० मिटर तल निर्माणाधिन घरमा खस्दा ११ जना यात्रु घाइते भएका छन् । 


घाइते हुनेमा जुम्ला जिल्ला सिजा ७ बर्ष २४ सरिता बुढा, सिजा ३ बर्ष ३५ तारादेवी सुनार, विराट ८ बर्ष ६९ की देवी प्रसाद उपाध्याय र उनका परिवार बर्ष ६६ आशंका उपाध्याय रहेका छन् । यस्तै सिजा ७ नाराकोट बर्ष ६० का अस्मीता बुढा, सिजा ७ बर्ष ५ का अस्मर बढा, सिजा ७ बर्ष ६ का शन्देश उपाध्याय, कालिकोट जिल्ला धौलागोह ४ बर्ष ५० का पे्रम प्रसाद प्याकुरेल, धौलागोह स्थायी घर भै हाल घोडाघोडी नगरपालीका कैलाली बस्ने बर्ष ४३ की भरता देवी न्यौपाने कालिकोट जिल्ला चिलखाया १ बर्ष ८० का दिर्घरोगी लाल बहादुर खत्रि, र बर्ष ७० की लक्ष्मी खत्री रहेका छन् । घाइते सबैको जिल्ला अस्पताल मान्ममा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

जुम्लाबाट १३ जना यात्रु ल्याएर कालिकोट पुगेको कर्नाली यातायात बस कालिकोटबाट यात्रु थपी नेपालगंज तिर जानै लाग्दा बस दुर्घटना भएको हो । आफ्नो सहयोगीलाई बस स्टाट गर्न लगाई आफु चिया खान लाग्दा बस एक्कासी दुर्घटना भएको बस चालक कालिकोट जिल्ला भर्ता ९ बस्ने बर्ष २८ मान बहादुर शाहीले बताएका छन् । बस चालक शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह