११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् एक मिनेटमा ४० पोटी लसुन खाने नेपाली युवा

१२ पुष २०७३, मंगलवार ०८:४१

दिनेश ठकुल्ला/पुस १२, धनगढी । एक मिनेटमा ४० पोटी लसुन खाएर गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने होडमा कैलालीका एक युवक लागेका छन् । 

साडेपानीका भरत बिष्टले आफूले एक मिनेटमा ४० पोटी लसुन खान सक्ने दावी गर्नु भएको छ । उनले हालसम्म एक मिनेटमा ३६ पोटी खानेको नाम गिनीज बुकमा लेखिएको बताउँदै त्यो किर्तिमानलाई आफूले भंग गर्ने पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । 

हालसम्म एक मिनेटमा ३६ पोटी लसुन खाने अमेरिकी नागरिक प्याट्रिक बर्टेलोटीको नाममा यो किर्तिमान कायम छ । यसअघि उनले आफूले ६१ सेकेण्डमा फिफा सदस्यीय २०९ राष्ट्रको नामा वाचन गरेर पहिलो किर्तिमान कायम गरेको भए पनि गिनीज बुक अफ वल्र्ड रेकर्डको नियम परिमार्जनको कारण आफ्नो रेकर्ड खारेज भएको बताए । 

उनले गिनीज बुक वल्र्ड रेकर्डको नियम अनुसार पुरानो किर्तिमानी तोड्नु पर्ने भएकाले खारेज भएको आफ्नै किर्तिमान तोड्नका लागि लसुन खाएर नयाँ किर्तिमान कायम गर्ने जमर्को गरेको बताए । बिष्टले आफू एक मिनेटमा ४० पोटी लसुन खान सक्नेमा विश्वस्त रहेको र अभ्यास पनि गरेको उल्लेख गरे । 

तस्बिर: एक मिनेटमा ४० पोटी लसुन खाएर गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने होडमा लागीका कैलालीको साडेपानीका भरत बिष्ट । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह