पुस १२, काठमाडौँ । काठमाडौँ उपत्यकाबाट निस्कने फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गरी उपत्यकालाई स्वच्छ, सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गरिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १२, काठमाडौँ । काठमाडौँ उपत्यकाबाट निस्कने फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गरी उपत्यकालाई स्वच्छ, सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गरिए"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकालाई सुन्दर, सुरक्षित र व्यवस्थित बनाउन छलफल

१२ पुष २०७३, मंगलवार १३:०३

पुस १२, काठमाडौँ । काठमाडौँ उपत्यकाबाट निस्कने फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गरी उपत्यकालाई स्वच्छ, सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गरिएको छ । 

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले काठमाडौँ उपत्यकाका २२ वटै नगरपालिकाका कार्यकारी प्रमुखलाई आज मन्त्रालयमा बोलाई आ–आफ्नो नगर क्षेत्रबाट निस्कने फोहोरमैला दीर्घकालीन रुपमा आफैँले व्यवस्थापन गर्न निर्देशन दिनुभयो । काठमाडौँ महानगरपालिकाले फोहोरबाट बिजुली निकालेर ‘मोहोर’ आम्दानी गर्न थालेको उदाहरण दिँदै उहाँले फोहोर व्यवस्थापनको वैकल्पिक उपायलाई तत्काल आ–आफ्नो नगरमा सञ्चालन गर्न आग्रह गर्नुभयो । 

घरमा कुहिने र नकुहिने गरी छुट्टयाइएको फोहोर एउटै गाडीमा हालेर लैजाने गरेको पाइएको भन्दै उहाँले नगरपालिका वा निजी क्षेत्रले फोहोर उठाउँदा छुट्टाछुट्टै गाडीको प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नगरका प्रत्येक घरबाट निस्कने फोहोरलाई घरमै कुहिने र नकुहिने गरी छुट्टयाउन सहयोग गर्नुहोस्, कुहिने फोहोरलाई खाल्डो वा ‘कम्पोस्ट विन’ मा हाल्ने र नकुहिने फोहोरलाई मात्र ल्याण्डफिल साइटमा लैजाने व्यवस्था मिलाउनुहोस् ।” 

उपत्यकाका नगरपालिकाले फोहोर मात्रै उत्सर्जन गर्ने गरेको र ती फोहोर कहाँ, कसरी व्यवस्थापन गर्ने गरिएको छ भन्ने विषय पनि सोचनीय रहेको भन्दै मन्त्री पाण्डेले २२ वटै नगरपालिकाका कार्यकारी प्रमुखलाई १५ दिनभित्र हाल उपत्यकाको फोहोरको व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइटको अवलोकन गर्न निर्देशन दिनुभयो 

यही पुस १ गतेदेखि सार्वजनिक सवारीका साधनमा फोहोर सङ्कलन गर्ने भाँडाको व्यवस्था गरिएको बताउँदै उहाँले यस अभियानलाई आ–आफ्नो नगर क्षेत्रमा प्रचारात्मक रुपमा अघि बढाउन आग्रह गर्नुभयो । नेपाल प्रहरी, ट्राफिक प्रहरी र वडा नागरिक मञ्चका प्रतिनिधि सम्मिलित टोली बनाएर ठीक ठाउँमा फोहोर फाले÷नफालेको अनुगमन गर्नुपर्ने उल्लेख गर्दै उहाँले तोकिएको स्थानभन्दा बाहिर फोहोर फाल्नेलाई जरिवाना गरिने बताउनुभयो । 

नगरबासीले आफू सुरक्षित घरमा बसेको महसुस गर्न पाउनुपर्ने बताउँदै उहाँले वस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड, २०७२ कडाइका साथ लागू गराउन निर्देशन दिनुभयो । उहाँले मापदण्ड विपरीत निर्माण गरिएका घर तथा भवनलाई निर्माण सम्पन्नको प्रमाणपत्र दिइए यस काममा संलग्न जो कोहीलाई पनि कारबाही गरिने चेतावनी दिनुभयो । 

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अब प्रत्येक नगरपालिकाले आफ्नो नगर क्षेत्रबाट निस्केका फोहोर शुद्धीकरणका लागि नगर क्षेत्रभित्रै ‘सङ्कलन केन्द्र’ को व्यवस्था गर्नुपर्ने र सङ्कलन केन्द्रबाट २४ घन्टाभित्र फोहोर उठाएर अन्यन्त्र लैजानुपर्ने बताउनुभयो । उहाँले घरघरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाएर व्यवस्थापन गर्न हरेक नगरपालिकालाई ‘एक हप्ता, एक वडा’ अभियानलाई प्रचारात्मक ढङ्गले अघि बढाउन आग्रह गर्नुभयो ।

व्यवस्थित नगरका लागि मोबाइल एप्स 

फोहोरमैला व्यवस्थापनलगायत अन्य सेवा प्रवाहका लागि ललितपुर उपमहानगरपालिकाले प्रविधिको उच्चतम् प्रयोग गरेको छ । उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि भनेर ‘हाम्रो ललितपुर’ मोबाइल एप्ससमेत निर्माण गरेको छ । त्यस्तै फोहोरमैला बोक्ने गाडीमा जिपिएस सिस्टम जडान गरिएको छ । जसबाट फोहोर बोकेको गाडी कहाँ पुग्यो र कहाँ फोहोर फाल्यो भनी उपमहानगरपालिकाको कार्यालयबाटै अनुगमन गर्न सकिनेछ । 

फोहोर उठाउन गाडी घर÷घरमा नआए वा कुनै घरमा नपुगे मोबाइल एप्सबाटै गुनासोसमेत गर्न सकिने ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले बताउनुभयो । त्यस्तै नगर क्षेत्रका सडकमा कतै फोहोर देखिएमा पनि एप्सबाटै गुनासो आउने गरेको र आफूहरुले ती फोहोर उचित स्थानमा व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभयो । 

त्यस्तै एप्समा ‘इलेक्ट्रिोनिक्स बिल्डिङ पर्मिट सिस्टम’ (इबिपिएस) को पनि व्यवस्था गरिएको छ । जसबाट घरको नक्सा पासको प्रक्रिया कहाँ पुग्यो भनी मोबाइलबाटै हेर्न सकिनेछ । एप्सबाटै जन्म, मृत्यु, विवाह, बसाइँसराइँ र पारपाचुकेलगायत नगरपालिकाबाट गरिने विभिन्न घटना पनि दर्ता गराउन सकिने छ भने सामाजिक सुरक्षा भत्ता पाउनेको सूची पनि एप्सबाटै हेर्न सकिनेछ । त्यस्तै नगरपालिकाले लगाउने करका विषय पनि एप्समा समावेश गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’