अछाममा दुई बालबालिकाको पोखरीमा डुबेर ज्यान गयो

Posted on: 27 Dec, 2016

कमल रावल, पुस १२, अछाम । अछामको सुतार गाविस वडा नम्बर १ किम्तोलोमा २ जना बालबालिकाको पोखरीमा डुबेर ज्यान गएको छ । नन्दे भण्डारीका ६ बर्षीय छोरी जानकी भण्डारी र ३ बषीय छोरा पुष्प भण्डारी घरनजिकैको पोखरीमा डुबेर मरेका हुन् । आमा बुवा खेतमा गएर घरमा कोही नभएको बेला भाईलाई खेलाउने क्रममा दुवै पोखरीमा खसेर ज्यान गएको स्थानीय डम्बर भण्डारीले बताउनु भयो । घर नजिकै तरकारी र धान खेतीको लागि पोखरी निर्माण गरिएको थियो । भाईलाई खेलाउने क्रममा करिब २ मिटर गहिरो पोखरीमा खसेको र भाईलाई बँचाउने क्रममा दिदीको पनि डुबेर ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!