२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका ३ प्रमुख दलहरु गाँउ गाँउमा

१२ पुष २०७३, मंगलवार १३:४१

कमल रावल, पुस १२, अछाम । अछाम स्थित प्रमुख ३ राजनीतिक दलहरु गाँउ केन्द्रित भएका छन । नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले पार्टी प्रशिक्षण, कार्यकर्ता भेटघाट तथा संगठन निर्माण लगायतका अभियान लिएर गाँउ गाँउमा कार्यक्रम सञ्चालन गरेका हुन ।

नेकपा एमाले जिल्ला कमिटी अछामले २ महिना अगि कार्तिक २४ गतेदेखी ४ महिने अभियान सञ्चालन गरेर टोल स्तर सम्म अभियान गरिरहेको छ । राष्टिय एकता, समृद्धि र स्वाभिमान, संविधान कार्यान्वयनका लागि नेकपा एमालेको अभियान भन्ने मुल नारा सहित अभियान चालिएको जिल्ला अध्यक्ष शेर बहादुर कुवरले बताँउनुभयो । यो अभियानले संविधानको कार्यान्वयनका लागि दवाव दिने, संविधानमा भएका मुख्य विषय र राम्रा पक्षको जनतालाई जाँनकारी गराँउने, पार्टीका आन्तरीक कुरा ब्यावस्थापन तथा सुदृढिकरण गर्ने, सदभाव कायम गर्ने, एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्ने, स्थानिय निर्वाचनका लागि दवाव दिने र सामाजिक एकता र सदभाव खल्वल्याँउनेका बिरुद्ध भण्डाफोर गर्ने कुवरले जाँनकारी दिनुभयो । यस्तै, नेकपा माओवादी केन्द्रले पनि आफ्नो अभियान लाई गाँउ केन्द्रित गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष दिपक साउदका अनुसार पाटी सदृढिकरणका साथसाथै सरकारले गरिरहेका राम्रा र जनपक्षिय कामको प्रचार, जनताको सरकार कार्यक्रमवारे जाँनकारी, संविधान कार्यान्वयन र विकास निर्माणबारे छलफल चलाँउन पार्टीका सबै तहका नेताहरु गाँउ केन्द्रित भएका छन । पार्टीमा यस अगि रहेको अन्यौलतालाई हटाउने र संगठन निर्माण गर्ने तथा नयाँ जागरण पैदा गर्नका लागि मुख्य रुपमा पार्टी जिल्ला र गाँउ केन्द्रित भएको साउदको भनाई छ । यहि पुष १५ गते जिल्ला पार्टीको भेला गरेर थप रणनीतिहरु तय गरि अगि बढ्ने योजना सहित नेताहरु अछाम केन्द्रित भएका उहाँको भनाई छ । यस्तै, नेपाली काँग्रेस अछामले पार्टी संगठनको अभियानलाई द्रुत गतिमा अगि बढाएको जनाएको छ ।

बिभिन्न गाँउ तथा नगर वडाहरुमा कार्यकर्ता भेटघाट कार्यक्रम चलिरहेको काँग्रेस अछामका सह सचिव तथा प्रवक्ता बेदप्रकाश तिमिल्सेनाले जाँनकारी दिनुभयो । तिमिल्सैनाले आफ्नो पार्टी निरन्तर जनताका माझमा क्रियाशिल रहेकाले छुट्टै बिशेष अभियान नभएपनि पछिल्लो चरणका गतिविधीहरु छाउपडी कुप्रथा र जातिय बिभेदका बिरुद्ध सञ्चालन भईरहेको बताँउनुभयो । संविधान कार्यान्वयन, विकास निर्माण र समसामयिक विषयमा १३ औं महाँदिवेशन पछि निरन्तर गतिविधी भईरहेको र पछिल्लो यो अभियान कुप्रथा बिरुद्ध र सदभावको पक्षमा भएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल