२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका ३ प्रमुख दलहरु गाँउ गाँउमा

२०७३, १२ पुष मंगलवार १३:४१

कमल रावल, पुस १२, अछाम । अछाम स्थित प्रमुख ३ राजनीतिक दलहरु गाँउ केन्द्रित भएका छन । नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले पार्टी प्रशिक्षण, कार्यकर्ता भेटघाट तथा संगठन निर्माण लगायतका अभियान लिएर गाँउ गाँउमा कार्यक्रम सञ्चालन गरेका हुन ।

नेकपा एमाले जिल्ला कमिटी अछामले २ महिना अगि कार्तिक २४ गतेदेखी ४ महिने अभियान सञ्चालन गरेर टोल स्तर सम्म अभियान गरिरहेको छ । राष्टिय एकता, समृद्धि र स्वाभिमान, संविधान कार्यान्वयनका लागि नेकपा एमालेको अभियान भन्ने मुल नारा सहित अभियान चालिएको जिल्ला अध्यक्ष शेर बहादुर कुवरले बताँउनुभयो । यो अभियानले संविधानको कार्यान्वयनका लागि दवाव दिने, संविधानमा भएका मुख्य विषय र राम्रा पक्षको जनतालाई जाँनकारी गराँउने, पार्टीका आन्तरीक कुरा ब्यावस्थापन तथा सुदृढिकरण गर्ने, सदभाव कायम गर्ने, एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्ने, स्थानिय निर्वाचनका लागि दवाव दिने र सामाजिक एकता र सदभाव खल्वल्याँउनेका बिरुद्ध भण्डाफोर गर्ने कुवरले जाँनकारी दिनुभयो । यस्तै, नेकपा माओवादी केन्द्रले पनि आफ्नो अभियान लाई गाँउ केन्द्रित गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष दिपक साउदका अनुसार पाटी सदृढिकरणका साथसाथै सरकारले गरिरहेका राम्रा र जनपक्षिय कामको प्रचार, जनताको सरकार कार्यक्रमवारे जाँनकारी, संविधान कार्यान्वयन र विकास निर्माणबारे छलफल चलाँउन पार्टीका सबै तहका नेताहरु गाँउ केन्द्रित भएका छन । पार्टीमा यस अगि रहेको अन्यौलतालाई हटाउने र संगठन निर्माण गर्ने तथा नयाँ जागरण पैदा गर्नका लागि मुख्य रुपमा पार्टी जिल्ला र गाँउ केन्द्रित भएको साउदको भनाई छ । यहि पुष १५ गते जिल्ला पार्टीको भेला गरेर थप रणनीतिहरु तय गरि अगि बढ्ने योजना सहित नेताहरु अछाम केन्द्रित भएका उहाँको भनाई छ । यस्तै, नेपाली काँग्रेस अछामले पार्टी संगठनको अभियानलाई द्रुत गतिमा अगि बढाएको जनाएको छ ।

बिभिन्न गाँउ तथा नगर वडाहरुमा कार्यकर्ता भेटघाट कार्यक्रम चलिरहेको काँग्रेस अछामका सह सचिव तथा प्रवक्ता बेदप्रकाश तिमिल्सेनाले जाँनकारी दिनुभयो । तिमिल्सैनाले आफ्नो पार्टी निरन्तर जनताका माझमा क्रियाशिल रहेकाले छुट्टै बिशेष अभियान नभएपनि पछिल्लो चरणका गतिविधीहरु छाउपडी कुप्रथा र जातिय बिभेदका बिरुद्ध सञ्चालन भईरहेको बताँउनुभयो । संविधान कार्यान्वयन, विकास निर्माण र समसामयिक विषयमा १३ औं महाँदिवेशन पछि निरन्तर गतिविधी भईरहेको र पछिल्लो यो अभियान कुप्रथा बिरुद्ध र सदभावको पक्षमा भएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान