पुस १३, काठमाडौँ । विद्यालय तहका बहिरा विद्यार्थीका लागि साङ्केतिक शिक्षक नहुँदा पढाइमा समस्या परेको छ । 

शिक्षक नहुँदा ती विद्यार्थीलाई दुईम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १३, काठमाडौँ । विद्यालय तहका बहिरा विद्यार्थीका लागि साङ्केतिक शिक्षक नहुँदा पढाइमा समस्या परेको छ । 

शिक्षक नहुँदा ती विद्यार्थीलाई दुईम"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहिरा विद्यार्थीका लागि साङ्केतिक शिक्षक नहुँदा समस्या

२०७३, १३ पुष बुधबार ०२:३४


पुस १३, काठमाडौँ । विद्यालय तहका बहिरा विद्यार्थीका लागि साङ्केतिक शिक्षक नहुँदा पढाइमा समस्या परेको छ । 

शिक्षक नहुँदा ती विद्यार्थीलाई दुईमहिने आधारभूत साङ्केतिक तालिम लिएका शिक्षकबाट पढ्नुपर्ने बाध्यता छ । राष्ट्रिय बहिरा महासङ्घ नेपाल र रारा मानवीय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरी)ले मङ्गलबार यहाँ आयोजना गरेको ‘बहिरा बालबालिकाका लागि समाहित शिक्षा प्रवद्र्धन’ कार्यक्रममा सूर्योदय मावि चिसापानी बाँकेमा कक्षा १० मा पढ्ने सरिता चन्दले आफूहरुलाई पढाउने शिक्षक नहुँदा पढाइमा समस्या परेको बताउनुभयो । 

उनले विद्यालयमा साङ्केतिक शिक्षक नहुँदा तालिम लिएका शिक्षकबाट पढ्नु परेको बाध्यता रहेको बताउनुभयो । “थोरै साङ्केतिक भाषाको ज्ञानका भएका शिक्षकले पढाउने गरेका छन्”, उहाँले भन्नुभयो–“ती शिक्षकले हामीलाई सबै बुझाउन सक्नुहुन्न । अलि अलि मात्र सिकाउनु हुन्छ ।” उहाँले सरकारले राम्रो ज्ञान भएका शिक्षक व्यवस्था गरिदिए आफूहरुको शिक्षाको स्तर राम्रो हुने बताउनुभयो । 

जनप्रकाशमावि जोशीपुर कैलालीका शिक्षक राजेश चौधरीले आफ्नो विद्यालयमा शिक्षक अभावले विद्यार्थी घटेको बताउनुभयो । “विसं २०७१ मा ८० जना बहिरा विद्यार्थीलाई राखेर पढाइ सञ्चालन गरेका थियौँ”, उहाँले भन्नुभयो–“तर शिक्षक अभावले ती विद्यार्थीलाई टिकाउन सकेनौँ । अहिले घटेर ३६ जनामा सीमित भएका छन् ।” 

यसैगरी सूर्योदय माविका प्रअ जयबहादुर विष्टले दुईमहिने तालिम लिएका शिक्षकबाट विद्यार्थीलाई पढाउनुपरेको वाध्यता सुनाउनुभयो । “ थोरै समय तालिम लिएका शिक्षकले पढाउँदा विद्यार्थीले राम्रोसँग बुझ्दैनन्”, उहाँले थप्नुभयो–“शिक्षक नहँुदा हामीसँग भएका शिक्षकले बोर्डमा लेखेर पढाउने गरेका छन् ।” उक्त विद्यालयमा कक्षा ९ देखि १२ सम्म नौ विद्यार्थी छन् । 

कार्यक्रममा दहित आधारभूत निमाविकी शिक्षिका नारायणी चन्दले तालिम लिएका शिक्षकले अन्य विषय पढाए पनि गणित र विज्ञानजस्ता विषय पढाउन समस्या भएको बताउनुभयो । “गणित र विज्ञान विषयका सङ्केत हुन्छन् । ती सङ्केतको अर्थ बताउन कम तालिम लिएका शिक्षकले जानेका हँुदैनन्”, उहाँले थप्नुभयो–“त्यसैले तालिम नभई सरकारले शिक्षक नै उपलब्ध गराएको भए विद्यार्थीलाई पढाउन सजिलो हुने थियो ।” दहित विद्यालयमा कक्षा १ देखि ८ सम्म ३६ विद्यार्थी छन् । रेरीका अध्यक्ष पुनितविक्रम शाहले सरकारले बहिरा विद्यार्थीलाई अन्य विद्यार्थी जस्तै व्यवहार गरेर साङ्केतिक शिक्षक उपलब्ध गराउनुपर्ने बताउनुभयो । 

राष्ट्रिय बहिरा महासङघका अध्यक्ष रामकुलन पन्तले साङ्केतिक भाषा नै नजान्ने शिक्षकबाट विद्यार्थीले पढ्नुपरेको बताउँदै सरकारले बहिरा विद्यार्थीको अनुपातमा साङ्केतिक शिक्षक उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । उहाँका अनुसार नेपालमा करिब छ लाख बहिरा विद्यार्थी छन् । 

शिक्षाराज्यमन्त्री धनमाया विकले बहिरा विद्यार्थीलाई थप सेवा दिएर क्षमता बढाउनुपर्ने बताउनुभयो । उहाँले शिक्षा नियमावली संशोधन गरे भए पनि बहिरा विद्यार्थीको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारी कार्यालयमा पनि दोभासे राखेर सेवा दिनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ