२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७३, १३ पुष बुधबार ०३:१४

पुस १३, मोरङ । पूर्वपश्चिम राजमार्गमा बयरवन–९ मा आज बिहान टिपरको ठक्करबाट आज बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । 

बिहान साढे ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको नं नखुलेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को२२प ४३८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे–८ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ४५ वर्षीय धनकुमार राईको मृत्यु भएको हो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी ३५ वर्षीया विष्णुमाया राई गम्भीर घाइते भएकाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिनुभयो । ठक्कर दिने टिपरसहित त्यसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह