३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

१४ पुष २०७३, बिहीबार ०१:३६

पुस १४, काठमाडौं । नेपाली भाषा–साहित्यसेवी कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा निधन भएको छ ।

मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितको आज बिहान २:४५ बजे ललितपुरमा निधन भएको हो ।

केही महिना यता दीक्षितको श्वास प्रश्वास प्रकृयामा समस्या देखिएको थियो। पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितका माहिला पुत्रका रूपमा १९८६ भदौ, कुशे औँसी (सन् १९२९ अगस्त २) का दिन काठमाडौंको गैरीधारामा उनको जन्म भएको थियो ।

दीक्षितका आफ्ना सिर्जना र सम्पादित पुस्तक गरी ७५ भन्दा बढी कृति प्रकाशित छन् । विशेष गरेर साहित्यिक अनुसन्धानमा चाख राख्ने उनका ‘यस्तो पनि’, ‘कालो अक्षर’, ‘कागतीको सिरप’, ‘चार कन्था’, ‘शाखा सन्तान’ लगायत कृति उल्लेख्य छन् ।

मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयका संस्थापक तथा अध्यक्ष  रहेका दीक्षित विभिन्न सामाजिक, साहित्यिक, शैक्षिक र व्यावसायिक संघसंस्थामा सक्रिय थिए । मदन पुरस्कार गुठीबाट प्रकाशन हुने नेपाली त्रैमासिक पत्रिकाको वि. सं. ०१३ देखि सम्पादन गर्दै आएका थिए ।

यससँगै उनी मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब, जनक-जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बीपी कोइराला नेपाल-भारत प्रतिष्ठान आदि जस्ता दर्जनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थाहरूमा सक्रिय थिए ।

दीक्षितको अन्त्येष्टी आज बिहान ७ बजे पशुपति आर्यघाटमा  गरिने परिवारले जनाएको छ । उनका तीन सन्तान छन् । छोराहरु कुन्द दीक्षित र कनकमणि दीक्षित तथा छोरी रूपा जोशी पत्रकारितामा क्रियाशील छन् । पत्नी अञ्जु पौडेलको गत वर्ष पुस ३ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’