पुस १४, चितवन । दुहुना पशुमा देखिने थुनेलो रोगका लागि जेन्टामाइसिन नामक औषधि सबैभन्दा बढी प्रभावकारी देखिएको छ । 

नेपाल कृषि अनुसन्धान परिषद्अन्तर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १४, चितवन । दुहुना पशुमा देखिने थुनेलो रोगका लागि जेन्टामाइसिन नामक औषधि सबैभन्दा बढी प्रभावकारी देखिएको छ । 

नेपाल कृषि अनुसन्धान परिषद्अन्तर"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा पशुमा लागेको थुनेलो रोग निको पार्ने औषधि पहिचान

२०७३, १४ पुष बिहीबार ०६:४६

पुस १४, चितवन । दुहुना पशुमा देखिने थुनेलो रोगका लागि जेन्टामाइसिन नामक औषधि सबैभन्दा बढी प्रभावकारी देखिएको छ । 

नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले विभिन्न जिल्लाका पशुमा गरेको एन्टिबायोटिक सेन्सिटिभिटी परीक्षण गर्दा यो औषधि उपयुक्त ठहरिएको कार्यक्रम प्रमुख डा माधवप्रसाद आचार्यले बताउनुभयो । 

अनुसन्धानले अन्य औषधिहरू जस्तै टेटरासाइक्लिन, क्लोरामफेनिकोल, इन्रोफ्लोक्सासिन पनि प्रभावकारी नै देखिए पनि पेनिसिलिन भने न्यून प्रभावकारी देखिएको उहाँले बताउनुभयो । 

दुहुना पशुको कल्चौडो र थुनमा समस्या भइ दूध उत्पादनमा कमी गराउने रोगलाई थुनेलो भनिन्छ्र । थुनेलो रोग दुहाना पशुमा आर्थिक नोक्सान गर्ने रोगमध्ये एउटा प्रमुख रोग हो । 

परिषद्की अनुसन्धानकर्ता डा गीता पाण्डेका अनुसार थुनेलो लक्षण देखिने र नदेखिने गरी दुई किसिमका हुन्छन् । 

थुनेलो भएमा थुन, कल्चौडो सुनिने, दूधमा रगत देखिने, साना साना चोक्टा हुने, कल्चौडो र थुन छाम्दा कडा र तातो हुने तथा दूध उत्पादनमा निकै कमी आउने र समयमा उपयुक्त औषधि उपचार नगरे थुन कानो हुने र थुन झर्न पनि सक्ने उहाँले बताउनुभयो । लक्षण नदेखिने थुनेलो भएमा कल्चौडो वा थुन सुनिएको हुँदैन तर दूध उत्पादनमा २५ देखि ३० प्रतिशतले कमी आउने उहाँले बताउनुभयो । थुनेलो रोग विभिन्न किटाणुबाट लाग्दछ्र । 

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमद्वारा आव २०७२/७३ मा चितवनको माडी र कास्कीका १२० गाईका ४८० दूधका नमुना परीक्षणमा गर्दा ५०.४ प्रतिशत लक्षण नदेखाउने किसिमको थुनेलोको प्रकोप देखिएको प्रमुख आचार्यले बताउनुभयो । 

जसमध्ये स्टाफाइलोकोकसले ३४ प्रतिशत, इकोलाइले २२.८ प्रतिशत, इस्ट्रेप्टोकोकसले ११.४ प्रतिशत, सिउडोमोनसले चार प्रतिशत, स्टाफाइलोकोकस र इकोलाईको संयुक्त १५.२ प्रतिशत र अन्य किटाणुद्वारा ११.४ प्रतिशत थुनेलोको सङ्क्रमण गराइएको पाइएको उहाँले बताउनुभयो । 

रोग लाग्न नदिनका लागि गाई, गोठ र काम गर्ने मान्छेको सरसफाइमा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । दूध सुकाउने बेलामा थुनभित्र एन्टिबायोटिक औषधि राखेर छोड्नु राम्रो हुने परिषद्का डा शिवहरि घिमिरेको भनाइ छ । 

दूध दुहिसकेपछि थुनलाई पोभिडिन आयोडिन र गिलसरिन मिश्रित झोलमा डुबाउने गर्नाले पनि थुनेलो रोगको प्रकोपमा कमी ल्याउन सकिने घिमिरेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह